हेर्ने खबर/मलेसिया बिप्सन चित्र युट्युब च्यानलले झ्याउरे गित “गाइदेउ रोधी” लगतै आफ्नो दोस्रो म्युजिकल कोसेली मौलिक कौराह “गुर्सेनी मैयाँ” बोलको गित गायक आइतसिङ गुरुङ र गायिका हिरा पुनमगरको सुमधुर आवाजमा गत शनिबार असारको १४ गत्ते अफिसियल भिडियो सार्बजनिक गरेको हो।
नेपाल मगर संघ पेनाङका अध्यक्ष साथै “खाजा घर” पेनाङका संचालक बिरस पुनमगर र श्रीमती गिनमाया गुरुङको निर्माणमा बनेको म्युजिक भिडियोमा बिजय पुन र चाहाना राना मगर फिचरमा छन् भने गीतको शब्द संगीत यज्ञ बिकले गरेका हुन्, एरेन्ज डोलराज बाह्रघरे मगरकोप हो भने कौराह “गुर्सेनी मैयाँ” बोलको गितको निर्देशन: राजकुमार मगरले गरेका छन्
गुरुङ र मगर समुदायलाई प्रतिनिधित्व गर्ने गरि रचिएका हरेक शब्दमा मौलिकता सल्बलाएको छ। मगर समुदायको छोरा र गुरुङ समुदायकी छोरी बिचको प्रेम सम्बन्धलाई गित र भिडियो मार्फत सौहार्द तरिकाले मगर र गुरुङ समुदाय बिचको संस्कार सस्कृतीलाई अब्बल रुपमा देखाइएको छ।
टिकटकमा राम्रो रुचाइएको यो गितले युट्युबमा पनि अत्यन्तै माया बटुलिरहेको छ। “गुर्सेनी मैयाँ” बोलको कौराह गितले मगर समुदायको छोरा र गुरुङ समुदायकी छोरी बिचको प्रेम सम्बन्धलाई जिवन्त दिनेछ भन्ने दर्शकको अनुमान छ।
हेर्नुस “गुर्सेनी मैयाँ” बोलको कौराह म्युजिक भिडियो