हेर्ने खबर काठमाण्डौ। क्यान्सर रोगबाट पीडित बुद्धलाल बुढाथोकीको उपचारका लागि नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिकाका उपसभापति दिनेश बिष्टले आर्थिक सहयोग गरेका छन्। उनले बुढाथोकीको उपचारमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले २ हजार ५२५ रुपैयाँ सहयोग गरेका हुन्।

६८ वर्षीय बुद्धलाल बुढाथोकी यतिबेला चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत छन्। प्राप्त जानकारीअनुसार उनको पिसाब थैलीमा क्यान्सर देखिनुका साथै दुवै मिर्गौलामा समेत समस्या रहेको छ। जटिल स्वास्थ्य समस्यासँग जुधिरहेका बुढाथोकीको परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।

आर्थिक अभावकै कारण उपचारमा समस्या हुन थालेपछि परिवार तथा स्थानीय अगुवाहरूले उनको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन्। सोही अभियानमा साथ दिँदै कांग्रेसका पालिका उपसभापति बिष्टले आर्थिक सहयोग गरेका हुन्।

बिष्टले आफूले सक्ने सहयोग गर्दै अन्य सहयोगी मनहरूलाई पनि बुद्धलालको उपचारमा हातेमालो गर्न अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोगिरहेका बुढाथोकीलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सके ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

मानवीय सेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने भन्दै सहयोग अभियानमा जोडिन सबैलाई आग्रह गरिएको छ। सहयोग रकम सानो वा ठूलोभन्दा पनि कठिन परिस्थितिमा रहेका व्यक्तिलाई साथ दिनु महत्त्वपूर्ण हुने भएकाले इच्छुक व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि अपिल गरिएको छ।

यसरी गर्न सकिन्छ सहयोग

क्यान्सर पीडित बुद्धलाल बुढाथोकीको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूले निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्।