हेर्ने खबर/काठमान्डौ सामाजिक सञ्जालमा अत्यन्तै गुन्जिने सारङ्गीका धुनका बाधक एवम् गायक हेमन्त कान्छा रसाइलीको “बाँमरी बसायो” बोलको गीत सार्वजनिक भएको छ।
कान्छाको आफ्नै म्युजिक, एरेन्ज साथै भोकलमा रहेको उक्त गितमा भाईरल दैलेखी चेली अञ्जु विश्वकर्माले साथ दिएकी छिन् भने सपना रसाइलीले अत्यन्तै टिपिकल शब्द सम्योजन गरेकी छिन्। उक्त “बाँमरी बसायो” गितको फिचरमा भाईरल दैलेखी चेली अञ्जु विश्वकर्मालाई दैलेखदेखी काठमाण्डौसम्म लिएर आउने पत्रकारद्वय पारस भट्टराई र गोबिन्द्र साउद पनि देखिएका छन।
मेन फिचरमा आँफै गायक कान्छा र अञ्जु देखिएका छन भने पत्रकारद्वय पारस भट्टराई र गोबिन्द्र साउद लगायतको टिमले कोरसको भूमिकामा अभिनय गरेको देखिन्छन। यसो भन्दै गर्दा पत्रकार कलाकारको भूमिकामा देखिनु हुन्न भन्न खोजियको भने पटक्कै हैन, तर म्युजिक भिडियोमा अनुहार देखाउनकै लागि यो स्टन्टबाजी हो भनेर नभन्ने दर्शक भने नहोलान भन्न सकिदैन।

हुन त कलाकार र पत्रकारको अन्योन्यास्रित सम्बन्ध हुन्छ भन्ने कुरालाई नकार्न सकिदैन, अन्योन्यास्रित सम्बन्ध छ भन्दैमा हरेक कुरामा स्टन्टबाजी गर्दा पत्रकारको साँख खस्किएलाकी भन्ने डर पनि त हुन्छ। त्यसैपनी पत्रकारहरु पर्दा पछाडीका कर्म योगि हुन, उनिहरु आफुलाई क्यामेरा पछाडी राखेर अरुलाई देखाउने उनिहरुको कर्म हो तर तिनै अरुलाई दृश्यअब्लोकन गराउने पत्रकारहरु आफै क्यामेराको अगाडि देखिनकै लागि कोरसको भुमिकामा देखिनु फितलो प्रस्तुति हो। केटाकेटी पन हो।

कला र क्षमता भएका पत्रकारहरु मुख्य भुमिकामा अभिनय गर्नु राम्रो पनि हो तर देखिनकै लागि कोरसको भुमिकामा देखिनु भद्दा मजाक हो।

पत्रकारद्वय पारस भट्टराई र गोबिन्द्र साउदले अन्जु विकलाई काठमाडौ सम्म ल्याउने कार्य आफैमा महान हो। तिनै असल कर्मका भागिदार व्यक्तिहरुले आफ्नो जिम्मेवार ओज कायम गर्न नसक्नु दुखद हो।
उक्त गीत हेर्नुस् यहाँ छ।