काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा गायक तथा समाजसेवी बिश्नवराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक भएको छ । समाजसेवामा ब्यस्त रहेका बिश्वराम बेला बखतमा गित संगितलाई निरन्तरता दिदै आएका छन ।

यस गीतमा बिश्वराम कार्कीको स्वर रहेको छ भने कार्की जि र मेगेन्द्र सुबेदिको शब्द, संगीत रहेको छ । यस गीतलाई पछिल्लो समयका ब्यस्त एरेञ्जर जीवन बडुको एरेञ्ज रहेको छ ।

उक्त गित बिग परिबेश रेकर्डिङ स्टुडियो बाट रेकर्ड भएको थियोे । यस गीतलाई बिश्वराम कार्कीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस उक्त गित