ओसाका जापान। एनआरएनए जापान तथा जापानमा क्रियाशील संघ/संस्थाहरुको संयोजनमा जापानका विभिन्न स्थानमा एकैदिन सन्चालन गरिएको रक्तदान कार्यक्रमा १५० जनाभन्दा बढिले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रमा जापानको टोकियो,फुकुओका,ओकिनवा,ओसाका,नागोया,नागानो तथा निगातामा सम्प्पन्न भएको थियो।

एनआरएनए जापानकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक संगिता अधिकारी सुवेदीका अनुसार,टोकियोमा ५३ जना,निगातामा १५ जना,फुकुओकामा २० जना,ओकिनवामा २१ जना,ओसाकामा १६ जना,नागोयामा २९ जना र नागानोमा ३ जनाले रक्तदान गरेका छन् ।

उपस्थित संख्या भने धेरै भएपनि,निर्धारित समय तथा अन्य विविध कारण धेरै व्यक्तिहरुले ईच्छुक भएर पनि रक्तदान गर्न पाएका थिएनन्।
बिदेशमा रहेर पनि सामाजिक सेवा र नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताउनु भयो ।
टोकियोमा आयोजित रक्तदान कार्यक्रममा भने जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सूवेदी तथा टोकियो रेडक्रस सोसाइटीका अधिकारीहरुको समेत सहभागिता रहेको थियो। टोकियोमा सम्पन्न कार्यक्रममा भने ३ जना जापानी नागरिकहरुले पनि रक्तदान गरेका थिए ।