हेर्ने खबर/काठमाण्डौ विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा आज बुधवार दिउसो ललितपुरको श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयमा आयोजित ‘८४५औँ विश्वव्यापी रक्तदान कार्यक्रम बृहतरुपले सम्पन्न गरेको छ। करिब ३२० जनाभन्दा बढी वीलभयूका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
किशोर साम्सोहाङको सभाध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनको प्रमुख अतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा, गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयकि प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ, विधालय व्यवस्थापन समितिका अध्यक्ष केदार कुमार केसी, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादूर मगर र टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायाब निरीक्षक हरि कुमार खड्काको उपस्थिति रहेको थियो।
अन्तराष्ट्रिय वीलभयू फ़ाउण्डेसन विश्वभरि छरिएर रहेका आठ अर्व मानिसहरुलाई एकै परिवार ठान्ने परोपकारी संस्था हो, “आमाको प्रेमले संसारलाई परिवर्तन गर्न सक्छ”, निस्वार्थ आमाको प्रेम र नैतिक साहास बोकेर महालक्ष्मी नगरपालिकामा आइपुगेको र उक्त अन्तराष्ट्रिय वीलभयू फ़ाउण्डेसनकि अध्यक्ष जाङ गिल जा ज्यू रहेको बताए। परोपकार भनेको धन बाड्नु मात्र हैन, अरुको दुखमा साथ् दिनु र त्यसलाई कम गर्न प्रयास गर्नु हो। वीलभयू फ़ाउण्डेसनले बिगत लामोसमयदेखि यहि नैतिक दर्शनलाई व्यावहारमा उतार्दै आएको सभाध्यक्ष किशोर साम्सोहाङले बताए।
श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयका प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले, करिब ३२० जनाभन्दा बढी वीलभयू फ़ाउण्डेसनका सदस्य देखेर उत्साहित हुदै, संस्थाले स्कुलमा पिउने पानी फिल्टर, बाढीग्रस्त समयमा गरिदिएको भवन मर्मतसम्भार, साथै सभा गर्ने ठाउमा ट्रस राखिदिएको, वीलभयू फ़ाउण्डेसनले गरेका सहयोग बुधागत रुपमा बताउदै, १५०० बिधार्थी भाइबहिनी लाभान्वित हुनेगरी गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, वीलभयू फ़ाउण्डेसन एकाध व्यक्ति मात्र नभएर हरेक जन-जनको मनमा बसेको संस्था हो, जसरि यो संस्थाले “आमाको प्रेमले संसारलाई परिवर्तन गर्न सक्छ” भन्ने मूल मन्त्र लिएर अगाडि बढेको छ त्यसरी नै बोलाइ र गराइमा संस्थाले एकरुपता दिदै आएको बताउदै आभार व्यक्त गरेकी थिइन्।
प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले संस्थाको बोलाइ र गराइप्रति अत्यन्तै प्रभावित हुदै लगातार प्रसंसा गर्दै आगामी दिनहरुमा वीलभयू फ़ाउण्डेसनसंग सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गरेकी हुन्।
अन्तराष्ट्रिय वीलभयू फ़ाउण्डेसनद्वारा रक्तदान गर्न पुगेका ३२० जना दाता मध्य १९० जनाले ७६०० मिलिलिटर स्वस्थ रगत दान गरे हुन्।
वीलभयू फ़ाउण्डेसनले नेपाल गरेको स्वयंसेवा गतिविधिहरू।
वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरू मार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ। गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ। त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ। सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न देखि कोभिड-१९ को महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य समेत गरिएको थियो।
