हेर्ने खबर/काठमाण्डौ रोल्पाको अर्को नाम हो बिद्रोह। युद्ध लडेर होस वा चुनावी बहिस्कार गरेर होस। रोल्पालीहरुको चुनावी इतिहासलाई फर्केर हेर्न हो भने, थबाङले पंचायतको बिरुद्ध नो भोट गर्यो। २०७४ को दोस्रो संबिधान सभाको चुनावमा पनि शुन्य भोट गर्यो, त्यसपछि चुनावमा लगातार भाग लिएको थबाङले यसपटक भने, मत बदल्ने अपेक्षा गरिएको छ। तत्कालिन माओवादी शान्तिप्रक्रियामा सामेल भए यताका १८ बर्षहरुमा लगातार सत्तामा सामेल भएको छ। १८ बर्षका धेरै वर्षहरु बर्षमानका उन्मादका बर्षहरु बने। तिनै बर्षमान पुन फेरी प्रतिनिधि सभा २०८२ को चुनावमा नेपाली कम्युनिस्ट पार्टी रोल्पाबाट उम्मेदवार बनेका छन्। जेन्जी आन्दोलनको मर्म पुरानो नेतृत्व परिवर्तन तथा विकल्प खोजि रहेको बेला, रोल्पामा उही पुरानै अनुहार निर्विकल्प बनेर उम्मेदद्वार आउदा बर्षमान यतिबेला आलोचनाको केन्द्रमा छन्। पहिलो संबिधान सभा निर्बाचनमा तत्कालिन नेकपा माओबादीको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर क्षेत्र नं. १ बाट बिजयी भएका थिए। प्रतिनिधि सभा निर्बाचन २०७४ र २०७९ मा नेकपा (माओवादी)केन्द्र रोल्पाबाट प्रत्यक्षतर्फ बिजयी उम्मेदवार हुन्।
बर्षमान पुनकी श्रीमती ओनसरी घर्ति रोल्पाको क्षेत्र नं. २ बाट संबिधान सभाको निर्बाचनमा बिजयी भएकी थिईन। यसरी आफु रोल्पा नआउदा आफ्नी श्रीमतीलाई उठाएर रोल्पामा बर्चस्व जमाउदै आएका बर्षमानले कृष्ण महराको राजनीति सकाईदिने रोल मोडल खेले। यसपटक पुन फेरी रोल्पामा आउदा जनयुद्धको प्रखर नेता जयपुरी घर्ती, कुल बहादुर केसी सोनाम लगाइतका दर्जनौ नेताहरुलाई धरासायी बनाएर निर्विकल्प नेताको रुपमा उम्मेदवार बने।
एकतन्त्रिय ब्यबस्था राजा फालेर लोकतान्त्रिक व्यवस्थामा आएका वर्षमानले, रोल्पामा एकात्मक राज्य कायम गरेको श्रोत बताउछ।
प्राय रोल्पामा आफै आउने बर्षमानले आफु नआउदा श्रीमती ल्याएर भएपनि रोल्पामा एकछत्र राज गरे तर अन्य रोल्पाका प्रभावशाली नेताहरुको राजनीतिक लिला समाप्त गरे।
उनका गुरु कृष्ण बहादुर महारालाई विभिन्न काण्डको रुपमा राजनीति सिध्याउने ध्याउन्नमा लागेको आरोप बर्षमानलाइ लागेको थियो भने वैकल्पिक नेताहरुलाई समेत गुम्राहमा पारेर एकल राज गरिरहेको भन्ने सर्वसाधारणको ठम्याइ छ।
रोल्पाली सोझा जनतालाई भोट बैंकको रुपमा बर्षौ देखि प्रयोग गर्दै आए।
आज पनि प्रयोग गर्न खोजी रहेका छन्। यसपटकको चुनावमा पनि रोल्पामा आचार संहिता मिचेर तडकभडक गरिरहेको देखिन्छ।
खासगरि निर्बाचन आयोगको आचारसंहिता अनुसार विधिवत रुपमा चुनाव प्रचारप्रसार फागुन ४ गते देखि पाउने छन् तर बर्षमानले रोल्पाका विभिन्न पालिकाहरुमा दलबल सहित चुनाव प्रचारप्रसारमा जुटेका छन्। चुनावमा सरकारी गाडी प्रयोग देखि पैसा बाड्ने कार्य गरेको स्थानिय बताउछन।
गंगादेव गाउँपालिकाको कार्यकर्ता भेटघाट कार्यक्रमको नाममा आमा समूह र लहरे समूहहरुलाई रु १५ सयको दरले पैसा वितरण गर्ने कार्य भएको थियो।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाका वडाहरुमा गाउँको कटुवाललाई हाँक हाल्न लगाएर बर्षमानको चुनावी कार्यक्रममा प्रचारप्रसार गराएका छन्। यस्तो कार्य निर्वाचन आचारसंहिता बिपरितको कार्य हो।
बर्षौसम्म राज गरेर रोल्पालीहरुलाई अनिर्णयको बन्दि बनाएर गुम्राहामा पारिरहेका पुन, सुन काण्डमा समेत मुछिएका पात्र हुन्। मावोबादी केन्द्रले जसरि फर्जी मत हालेर आफ्ना उमेदवारलाई जिताएको थियो त्यसरी नै यो पटक पनि उनले रोल्पाका अधिकांस मतदान केन्द्रमा फर्जी मत हाल्न लगाएर जिताउने खेलमा नालाग्लान भन्न सकिन्न। हरेक पटक चुनावमा जितेर जाने बर्षमानबाट उनका वरिपरिका आफन्त, आसेपासेहरुले लाभ लिने बाहेक रोल्पाली जनताहरुले कुनै लाभ लिन सकेका छैनन्। २४ वर्षसम्म शहिदमार्ग अलपत्र अबस्थामा छ, पूर्वी रोल्पाको पर्यटन गन्तव्य बडाचौर एरपोर्ट बर्षौ देखि अलपत्र छ। बर्षौ देखि अलपत्र शहिदमार्ग र पूर्वी रोल्पाको बडाचौर एरपोर्ट पुनको भोट बैंक बन्दै आएको छ, स्मरण रहोस, बर्षमान पुन आउदो फाल्गुन २१ गत्तेको चुनावमा बिजयी भए भने रोल्पाका कुनै पनि योजनाहरुले पूर्णता पाउने बिश्वास छैन, किन कि, फेरी अर्को पटकको चुनावमा, यिनै अलपत्र सडक र एअरपोर्ट देखाउदै बर्षमानले भोट माग्न आउनु जो छ, त्यसैले आदर्णिय रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरु रोल्पाको मत बदलौं र नेताको बिकल्प खोजौं।