हेर्ने खबर/रोल्पा रोल्पामा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता, नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमाले त्रिवेणी-७ वडा कमेटिले आइतबार दिउसो रोल्पाको त्रिवेणी-७ पोखराडाडा दुम्लामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य रोल्पाबाट उमेदवारहरुको जनतासँग भेटघाट कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन्।
नव प्रवेशी सदस्यहरुलाई, नेकपा एमालेका रोल्पा जिल्ला इन्चार्ज, पोलिट्ब्युरो सदस्य साथै रोल्पाबाट प्रतिनिधिसभा सदस्य उमेदवार गोकुल घर्ति, नेकपा एमाले लुम्बिनि प्रदेश कमिटि उपसचिव साथै रोल्पा चुनाव प्रचार प्रसार संयोजक पुर्ण बुढा, नेकपा एमाले प्रदेश कमिटि सदस्य, निर्वाचन परिचालन कमिटि त्रिवेणी गाउपालिकाका संयोजक सान्तराज बोहरा, नेकपा एमाले रोल्पा जिल्लाका पार्टी अध्यक्ष अमृत घर्ति साथै त्रिवेणी गाउपालिका संस्थापक अध्यक्ष लगायतका नेताहरुले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।
प्रतिनिधिसभा सदस्य रोल्पाबाट उमेदवारहरुको जनतासँग भेटघाट कार्यक्रमको अवसरमा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि निम्न कार्यकर्ता प्रवेश गरेका हुन्।
१. दिपक बुढाथोकी
२.तुल्सीराम वली
३. घनश्याम बस्नेत
४.राम प्रसाद झाक्री
५.कमल परियार
६.कविता परियार
७.सुनिता परियार
गर्नुभएको छ ।
