हेर्ने खबर/काठमाण्डौ सञ्चारकर्मी सम्झना राइ बालबालिकाको जाडो भगाउन, न्यानो कपडा लिएर मिक्लाजुङ गाउँपालिका–४ स्थित श्री सृजना आधारभूत विद्यालयमा पुगेर ३० विद्यार्थी बालबालिकालाइ न्यानो कपडा वितरण गरेकी छिन।
सरकारी विद्यालयप्रति घट्दो आकर्षण र बोडिङ स्कुलतर्फ बढ्दो विद्यार्थी पलायन आजको तितो यथार्थ बनेको छ। यही कठोर यथार्थबीच मिक्लाजुङ गाउँपालिका–४ स्थित श्री सृजना आधारभूत विद्यालयमा भने न्यानो कपडाले बालबालिकाको मन तताएको छ।
न्यायो कपडा लिएर सञ्चारकर्मी सम्झना राई ३० जना विद्यार्थीका लागि लिएर विद्यालय पुग्दा, चिसो मौसमभन्दा साना मुहारमा देखिएको खुसी चर्को थियो। जाडोले कठ्याङ्ग्रिएका हातमा स्वीटर पर्दा, उनीहरूका आँखामा आशाको चमक देखिन्थ्यो।
१० वर्षदेखि सञ्चार क्षेत्रमा निरन्तर संघर्षरत राईले पत्रकारितालाई केवल पेशा होइन, समाज परिवर्तनको माध्यम बनाउँदै आएकी छन्। दिन–रात, घाम–पानी र पुस–माघको कठ्याङ्ग्रिने जाडो नभनी उनी आफ्नो तलबबाट असहाय, अशक्त र बालबालिकाको पक्षमा निरन्तर उभिँदै आएकी छन्।
तराईबाट टाढा, पहाडको फेदीमा अवस्थित, वर्षौँदेखि बेवास्तामा परेको सृजना आधारभूत विद्यालयमा पुगेर न्यायो कपडा वितरण गर्नु आफैँमा गहिरो मानवीय सन्देश हो। विद्यालयका प्रधानाध्यापक भन्छन्,
“यस्ता सहयोगले विद्यार्थीको शरीर मात्र होइन, मन पनि न्यानो बनाउँछ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भावुक हुँदै भने, “कसैले नदेख्ने ठाउँमा आएर बालबालिकालाई सम्झनु नै ठूलो सेवा हो।”
काठै–काठले बनेको, जिर्ण अवस्थाको विद्यालयमा सीमित साधनका बाबजुद शिक्षक–शिक्षिकाहरू विद्यार्थीको भविष्य बचाउन दिनरात खटिरहेका छन्। त्यही विद्यालयमा सुईटर पाउँदा दंग परेका भाइ–बहिनीहरू भन्छन्, “अब हामी जाडोमा पनि खुशीसँग स्कुल आउँछौँ।”
सानो कपडा, तर ठूलो सन्देश, आज सृजना विद्यालयमा बाँडिएको न्यायो कपडाले सरकारी विद्यालय अझै बाँचेका छन् भन्ने आशा जगाएको छ।
