हेर्ने खबर/इटहरी विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीमा आबद्ध ASEZ र ASEZ Star द्वारा इटहरीको हटिया क्षेत्रमा फाल्गुन ७ गत्ते बिहिबार दिउसो बृहत सरसफाई सम्पन्न भएको हो।

ASEZ र ASEZ Star द्वारा आयोजना गरेको सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी वडा नं ९ का अध्यक्ष जितेन्द्र थापा हुनुन्थ्यो भने विशिष्ट अतिथिमा वडा नं ९ का वडा सदस्य कपिल घिमिरे, दक्षिणकाली टोल विकास अध्यक्ष बलबहादुर कटुवालको उपस्थिति रहेको थियो।

ASEZ र ASEZ Star द्वारा आयोजना गरेको सरसफाई अभियान कार्यक्रमलाइ मध्यनजर गर्दै, प्रमुख अतिथि थापाले, सरसफाईको लागि हाटबजार क्षेत्रलाई रोजेकोमा धन्यवाद व्यक्त गर्दै, लामो समयदेखि चल्दै आएको हाट बजारलाई सरसफाई राख्नु हामी सबैको कर्तव्य हो, सरसफाई सम्बन्धि जनचेतना प्रदान गरेकोमा ASEZ र ASEZ Star प्रति आभार व्यक्त गर्नु भयो।
वातावरण र सरसफाई यस्ता कार्यक्रमले सहरी विकासमा ठूलो प्रेरणा मिल्ने आशय व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभयो।
ASEZ र Asez Star हरुले देश र समाज को जग बनेर विभिन्न स्वयंसेवाका कार्यहरू गर्दै आएको छ। रक्तदान वातावरण सरसफाई वृक्षारोपण वृद्धाश्रममा सहयोग इत्यादी कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ।

ASEZ र ASEZ Star को परिचय र समाजसेवा गरेवापत प्राप्त गरेका अवार्डहरु बारे।
ASEZ को अर्थ Save the earth from A to Z रहेको छ भने ASEZ चाहिँ परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो, ASEZ Star चाहिँ Middle and high school मा पढिरहेका student हरुको Volunteer group हो। यी दुइ समूह हालसम्म १७५ देशहरूमा सक्रिय रूपमा स्वयंसेवाको कार्य गर्दै आएको छ। हालसम्म विश्वको १७५ वटा देशहरूमा ७,८०० वटा भन्दा बढी क्षेत्रमा स्वयंसेवाका कार्य गर्दै आएको छ। परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चारवटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीनवटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ। यो मण्डलीले विशेषत पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा कार्यनयन गर्दै आएको एक अधिकारीले बताए।