हेर्ने खबर/काठमाण्डौ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखा शाखाका ASEZWAO युवाहरू द्वारा आज दिउसो हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेका छन्।
दैनिक उपभोग्य सामग्रीहरू वितरण कार्यक्रममा अध्यक्ष सरला पन्थी, उपाध्यक्ष बिन्दा पौडेल,कोषाध्यक्ष शोभा सापकोटा साथै करिब ६५ जना वृद्धवृद्धाहरू ASEZWAO का ६० जना सदस्यहरूको सहभागी थियो।
हिमालय वृद्धाश्रम केन्द्रमा युवाहरूले वृद्ध बुबा आमाहरुलाइ विभिन्न चिन्ता, पिडा र कठिनाइहरू बाट थोरै भएतापनि मुक्त गराउन, मनोरञ्जनका कार्यक्रम तयार गरिएका थिए भने गीत, नृत्य र आमासम्बन्धी लेखहरू प्रस्तुतिद्वारा वृद्ध बुबा आमाहरुलाइ खुशी दिलाइएको थियो।
कार्यक्रम सन्चालकले ASEZWAO परिचय दिदै, कार्यक्रमका अध्यक्षले कार्यक्रम गर्नुको मुख्य उद्देश्य नै नैरास्यताले छाएको र प्रेम सेलाउदै गएको संसारमा आशा प्रदान गर्न साथै न्यानो प्रेम बाड्न वृद्द बुवाआमालाई स्वस्थ र खुशी दिलाउन ASEZWAO का युवाहरूले न्यानो मनद्वारा प्रेम बाड्नको निम्ति, उक्त कार्यक्रम आयोजना गरेको कुरा सभाअध्यक्षले जानकारी गराए।
कार्यक्रममा ASEZWAO का युवाहरूले वृद्ध वृद्ध बुवाआमाहरूको नङ काटिदिने, कपाल काटिदिने, तेल लगाइदिने, दाह्री काटिदिने र वृद्धाश्रम सरसफाई गतिविधि गर्ने कार्य गरेको देखेर वरिपरिका छिमेकीहरू निकै प्रभावित भएका थिए।

ASEZWAO को अर्थ र केहि जानकारी।
ASEZWAO चाहिँ ASEZ को अर्थ Save the Earth from A to Z र WAO को अर्थ We Are One Family हो।
समग्रमा भन्नुपर्दा हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं।
यो एउटा नाउँ र नारा मात्र नभएर हाल १७५ वटा देशहरूमा ७,५०० क्षेत्रहरूमा सक्रियता साथ स्वयंसेवा गतिविधि कार्यहरू गर्दै आएको छ।

वृद्धाश्रममा कार्यक्रम गर्नुको उद्देश्य के थियो? कार्यक्रमका सभाअध्यक्षले निम्नअनुसार जानकारी गराए।

प्रेम दिन: “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु” भन्नुभएका परमेश्वरको शिक्षा अनुसार ASEZWAO ले सम्पूर्ण मानव जातिलाई प्रेम दिने कार्य गर्दछ।
सम्पूर्ण मानव जातिको एउटै परिवार: सम्पूर्ण मानवजाति एउटै परिवार भन्ने धारणाका साथ ASEZWAO ले विश्वव्यापी गाउँमा रहेका छिमेकीहरूको समस्या समाधान गर्न सह हृदयले स्वयंसेवाका गतिविधिहरु सञ्चालन गरिरहेको छ।
आमाको मन: जीवन र प्रेमको स्रोत हुनुभएकी आमाको मनद्वारा सम्पूर्ण मानवजाति र पृथ्वीको निम्ति प्रेम बाड्दै ASEZWAO ले सबैजना खुसी हुने र कोही पनि एक्लो नहुने संसार निर्माण गर्ने कुरा जानकारी गराउदै

त्यसै गरि ASEZWAO का दुईवटा अभियान रहेका छन्।
१)पृथ्वीको निम्ति अभियान
२) मानवताको निम्ति अभियान

पृथ्वीको निम्ति गरिने अभियानभित्र पृथ्वीलाई कसरी संरक्षण गर्न सकिन्छ? वातावरण कसरी जोगाउन सकिन्छ? कार्बन न्यूनीकरण कसरी गर्न सकिन्छ?
प्लास्टिक न्यूनीकरण गर्न सकिन्छ ? स्थलीय पारिस्थितिक प्रणाली संरक्षण, समुद्री पारिस्थितिक प्रणाली संरक्षण, नदी सरसफाई समुद्री तट सरसफाई पानी प्रदुषणमा सुधार यस्ता गतिविधि गर्दै आएका छन् भने
मानवताको निम्ति गरिने अभियानभित्र
शैक्षिक सहयोग,कल्याण प्रवर्द्धन,आपत्कालीन राहत,सांस्कृतिक आदानप्रदान गर्ने कुराहरु पर्दछन्।

यी विभिन्न अभियानहरू मध्य,आज मानव कल्याणको निम्ति गरिने अभियानभित्र एकल वृद्ध वृद्धा बुबा र आमाहरूलाई सान्त्वना, हौसला र खुशी दिलाउने मन साथै दैनिक उपभोग्य खाद्यान्नहरू सहयोग तथा सरसफाई गतिविधीद्वारा निस्वार्थ प्रेम बाँड्ने कार्य गरेको छ।
जागिरे युवाहरूले, आफ्नो व्यस्त समयमा पनि वृद्ध बुवाआमाको निम्ति भनेर कार्यक्रम तयारी गर्दै, दैनिक उपभोग्य सामग्रीहरूको निम्ति परिश्रमका साथ तयार गर्नुभएको कुराले आमाजस्तै निश्वार्थ प्रेम झल्किएको थियो।
वृद्धाश्रमका अध्यक्ष पन्थी ज्यूले ,” यस्तो कार्यक्रम देखेर एकदमै छक्क पर्दै , वृद्धाश्रम सञ्चालन गरेर धेरै समय भएतापनि यस्तो गतिविधि चाहिँ कहिले भएको थिएन। ASEZWAO को यो कार्य प्रशंसनीय छ। हाम्रो यस्तो ठाउँमा आउनु भएर, बुबा आमाको लेखहरु सुन्दा यति प्रभावित भयौं कि हामीले वृद्दा आश्रम भित्र बुबा आमालाई हामीहरु धेरै सोच्न बाध्य भयौँ। बुबा आमा सम्बन्धि गीत साथै नृत्य साच्चै हृदय स्पर्शी थियो। वृद्ध बुवाआमा नाचेको देख्दा साँच्चै हामी एकदमै खुसी भयौँ।यसरी सहयोग गरिदिनुभएकोमा हामी हिमालय वृद्धाश्रम केन्द्र ASEZWAO प्रति आभारी छौं।
आगामी समयमा यसरी नै साथ दिनुहुनेछ भन्ने आशा गर्दछौँ। ” भन्दै आफ्नो मन्तव्य दिए।
यो कार्यक्रम कदर स्वरुप हिमालयन वृद्धाश्रम केन्द्रका अध्यक्ष पन्थी ज्यूबाट प्रशंसापत्र पनि तयार गरिदिनुभएर ASEZWAO लाई हस्तान्तरण गरियो।

उक्त वृद्धाश्रममा आबद्ध सबै वृद्ध वृद्धा बुवाआमाहरू, एकछिनको पीडा, दु:खलाई बिर्सेर सबैजना एकदमै रमाए, खुसी भए, परिवारको सम्झना गर्दै आँसु बगाउँदै सहयोगी हातहरुप्रति धेरै कृतज्ञता व्यक्त गर्नुभयो‌।
एक्लो संसारमा साथ दिन आउनेहरू, हामीहरुलाई हजुरहरु चाहिन्छ भन्दै पुन: भ्रमण गर्न आग्रह गरे।
यसरी आज हिमालय वृद्धाश्रम केन्द्रमा ASEZWAO हिमालयन वृद्धाश्रम केन्द्र भ्रमण साथै दैनिक उपभोग्य सामग्री वितरण कार्यक्रम सम्पन्न भयो।