गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा रहेको ‘बाटुली’ बोलको पप गीत सार्वजनिक भएको छ। स्याङ्जामा जन्मिएका गायक थापा यतिबेला युकेलाई कर्मथलो बनाउदै आएका छन्। गायक थापाकै उत्कृष्ट शब्द तथा सुमधर संगीतमा सजिएको गीत ‘बाटुली’ले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ।

उक्त गीतको संगीत संयोजन समेत गायक थापाले गरेका हुन। प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ।

उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादनमा रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो। उक्त गीत गायक थापाकै अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ।