हेर्ने खबर/काठमाण्डौ लामो समयदेखी नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै सफल ब्याबसायी लोक दोहोरी गायिका दिलु सलामि मगरको समधुर आवाजमा “गुल्मी भार्से देउराली” बोलको मौलिक लोक गितको म्युजिक भिडियो ‘दिलु सलामि मगर’ युटुव चानलबाट भर्खरै मात्र सार्वजनिक भएको छ ।
प्राकृतिक सौन्दर्यले सजिएको साथै पछिल्लो समय पर्यटकीय स्थलको गन्तव्य बन्दै गएको गुल्मीको भार्से देउरालीलाई समेटेर बनाइको गीतमा दिलु सलामि मगर आफ्नै शब्द स्वर रहेको छ, भने उक्त गीत हङ्कङ निवासि ल्याप्टेनेन्ट कुल बहादुर बुढाथोकीले निर्माण गर्नु भएको हो।
मानसिङ खड्काको निर्देशनमा बनेको गुल्मी भार्से देउरालीको म्युजिक भिडियोमा बेबिन पुन मगर, दीपा राना मगर, पुनम राना मगर र हेमा गलमी फिचरमा रहेका छन्।
अत्यन्तै सुन्दर मौलिक “गुल्मी भार्से देउराली” बोलको गित हेर्नुस्।