हेर्ने खबर/जोहोर मलेसिया, मकालु फुटवल क्लव जोहोर मलेसियाले, मलेसिया प्रथम मकालु गोल्डकप २०२५ एकदिवसीय फुटबल प्रतियोगिताको टाईसेट सार्बजनिक गरेको छ। पुर्ब निर्धारित समय तालिका अनुसार फेसबुक लाईभ गरी आधा भन्दा बढि सहभागी टिमहरुको पनि उपस्थितिमा आयोजक समिति टाईसेट सार्वजनिक गरेको हो ।
कुल १६ टिम को उत्साहजनक सहभागिता रहेको प्रतियोगिता यहि २५ डिसेम्बर २०२५ मा हुनेछ । बिजेता टिमले उपाधी संगै नगद आर एम ८००० र उप बिजेता टोलिले नगद आर एम ४००० प्राप्त गर्नेछन।
प्रतियोगिताको लागी सम्पुर्ण तयारी पुरा भएको र फुटबल खेल प्रेमी र क्लबहरुको यो उत्साहजनक सहभागीताले प्रतियोगितालाई अझ बलियो बनाएको कुरा आयोजक समितिका अध्यक्ष सुरज बरालले हेर्ने खबर लाई जानकारी गराउनु भएको छ ।