हेर्ने खबर/काठमाण्डौ चर्चित गायिका जालुमाया गुरुङ्गले भर्खरै मात्र “हङकङको लाहुरे” बोलको गित सार्वजानिक गरेकी छिन।
चर्चित गायक खेम सेन्चुरी र आफै जालुमाया गुरुङ्गको स्वरमा रहेको “हङकङको लाहुरे” गितले भर्खरै प्रेममा परेका प्रेमिल जोडीको कथा उजागर गरेको छ । उक्त गित अत्यन्तै मौलिक र टिपिकल रहेको छ भने अहिलेका पुस्तालाई टिकटकमा धित मर्ने गरि नचाउने रहेको छ।
जालुमाया आफैले शब्द लेखन गरेको “हङकङको लाहुरे” म्युजिक भिडियोको फिचरमा नायक पल शाह र रिस्ता गुरुङ रहेका छन्। मौसम हिमालीले गरेको कोडियोग्राफ़िले म्युजिक भिडियोलाई सुनमा सुगन्ध थपेको छ।
उसो त जालुमायाले नेपाली लोक दोहोरि गीतमा आफ्नो राम्रो पहिचान बनाइसकेकी छिन । एक पछि अर्को मिठास साथै मौलिक गित बजारमा ल्याएकी छिन, भर्खरै सार्वजानिक भएको “हङकङको लाहुरे” गीतले जालुमायालाई सफलताको चुचुरोमा पुर्याउने हेर्ने खबरको विश्लेषण रहेको छ।
हेर्नुस “हङकङको लाहुरे” बोलको म्युजिक भिडियो