हेर्ने खबर/काठमाण्डौ रुकुम पश्चिममा घटेको नवराज बिकको घटना थाहा नहुने नेपालि समुदायमा सायद बिरलै छन् होला। उक्त घटनाले देश शोकाकुल अवस्थामा थियो। जातिय विभेदको शिकार बनेका रुकुम पश्चिमका नवराज बिकको घटनालाई चित्रण गर्ने “पारिजात” बोलको गित केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ।
उक्त गीतले हाम्रो समाजको विभेदी नजरको अन्त्य गर्ने आवाज उठान गरेको देखिन्छ भने नवराज बिकको प्रेम, संघर्ष र जातीय विभाजनका कारण खोसिएको जीवनलाई दृश्यमा देखाएको छ। जातिय विभेदकै कारण प्रेममा हारे पनि कथाहरू सदैव ज्योति झैँ चम्किरहने साथै जातीय विभाजनका कारण असफल भएको यथार्थ प्रेमकथालाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको, “पारिजात” गीतले दर्शक श्रोता माझ समाजमा प्रेम र मानवीयताको आवाजलाइ बुलन्द पारेको देखिन्छ।
सुनिल हमालको शब्द रचनामा बनेको “पारिजात” बोलको गित सुनिल हमाल र रचना रिमालले अवाज भरेको यो गीतको संगीत मिलन तामाङको रहेको छ भने म्युजिक भिडियोको फिचरमा दिपा शाही, बिमल चौलागाईं, सुभम शाही, मन्सा भट्ट, लायेम हमाल र श्रेया शाहीको सुन्दर प्रस्तुति देखिन्छ।
{नवराज बिकप्रति समर्पित “पारिजात” बोलको गित हेर्नुस}