हेर्ने खबर/जापान नेपाली राजदूतावास जापानको आयोजनामा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको सहकार्य एवंम क्षेत्रीय समिति कान्साईको ब्यबस्थापन तथा स्थानीय सम्पूर्ण संघ संस्थाहरुको सहयोगमा २०२४ फरबरी १७ देखी २० सम्म घुम्ती सेवा २०२४ कार्यक्रम सम्पन्न भएको छ।चार दिनमा सम्म सन्चालन भएको घुम्ती सेवामा ८०० भन्दा बढी जना सेवाग्राहीहरु लाई सेवा प्रदान गर्न सफल भएको एन आर एन कान्साइले जानकारी गराएको छ।

सो अबसरमा राहदानी नविकरण गर्ने सेवाग्राही ७१५ जना, वारीसनामा ३ जना,कागजात प्रमाणिकरण १० जना, मन्जुरिनामा २ जना, यात्रा अनुपति पत्र ६ जना जापानमा जन्मिएको बच्चाको नयाँ पासपोर्ट ५५ जना र अन्य कन्सुलर सेवाका सेवाग्राहीहरु १० जना गरि करिब ८०० जनाले सेवा प्राप्त गर्नु भएको थियो।
उक्त घुम्ती शिबिर बाट राजवस्व १ करोड ३० लाख संकलन भएको छ।