हेर्ने खबर/दाङ परमेश्वरको मण्डली दाङको घोराहीद्वारा आज बैशाख १३ गत्ते बिहीवारका दिन घोराहिमा बृहत् रक्तदान गरेको हो।

विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डलीले आफ्नो मण्डलि स्थापना भएको ६०औं बर्षगाठको उत्सवमा विश्वब्यापी रुपले निस्तार चाडको प्रेम, रक्तदान अभियानद्वारा जीवन बचाउने प्रेमलाई मध्य नजर गर्दै, विश्वब्यापी रुपमा रक्तदान गरेको घोराही परमेश्वरको मण्डलीका प्रतिनिधिले जानकारी दिए।

परमेश्वरको मण्डली दाङको घोराहीद्वारा आयोजित १३५५औँ रक्तदान कार्यक्रम घोराहीमा अवस्थित आफ्नै मण्डलि भवनमा सुसम्पन्न गरेको हो।

विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली घोराहीका मण्डलि प्रमुख सरोज राइको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी हुनुन्थ्यो भने विसिस्ठ अतिथिमा घोराही उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष भान सिङ बुढा मगर हुनुन्थ्यो। अतिथिका रुपमा बिभिन्न संघ सस्थाबाट बिभिन्न समाजसेवी स्वास्थ्यकर्मीको बाक्लो उपस्थिती रहेको थियो।

परमेश्वरको मण्डली दाङको घोराहीद्वारा आयोजित १३५५औँ रक्तदान कार्यक्रममा ८१ जना सदस्यको उपस्थिती थियो भने ६0 जनाले रक्तदान गरेका हुन।

परमेश्वरको मण्डलीका सदस्यहरुको रक्तदानका लागि देखिएको बाक्लो उपस्थिती देखेर प्रमुख अतिथी नरुलाल चौधरी अत्यन्तै प्रभावित हुँदै परमेश्वरको मण्डली साथै परमेश्वरको मण्डलीका सदस्यहरुको उच्च प्रसंसा गर्दै रक्तदान कार्य अत्यन्तै सर्हानिय कार्य हो जुन सिधै जीवनसँग जोडीएको कुरा हो भन्दै हौसला प्रदान गर्नु भएको थियो।

विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली नेपालले यो बर्ष नेपालभरी गरेको रक्तदान कार्यक्रम।

२०८० साल फाल्गुन १० गते बिरेन्द्र नगर सुर्खेतमा ७० जनाले, फाल्गुन १६ गते बिरगंजमा २०० सय जनाले फाल्गुन भक्तपुरमा १६१ जनाले, चैत्र २६ इमाडोल ललितपुरमा २२४ जनाले, चैत्र २८ गत्ते टोखामा ११० जनाले, चैत्र २९ गत्ते कपनमा १५० जनाले, २०८१ साल बैशाख ३ गते तारकेश्वरमा ११४ जनाले, चितवन रत्ननगरमा १०० जनाले, बैशाख ६ गते कलंकीमा १६७ जनाले गरेका थिए भने आज दाङको घोराहीमा ६० जनाले रक्तदान गरेका हुन।

परमेश्वरको मण्डलीको ईतिहास।
सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डली हालसम्म १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा बिस्तार भएको छ भने हालसम्म ३७ लाख सदस्य छन।

परमेश्वरको मण्डलिले गरेका बिभिन्न समाजसेवाको सम्मान स्वरूप मण्डलीलाई अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक आदि विभिन्न सरकार तथा संस्थाहरूबाट ४,२०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको मण्डलीका प्रतिनिधिले जानकारी दिए।