हेर्ने खबर/चितवन परमेश्वरको मण्डली चितवन रत्ननगरद्वारा सदा झै आज बैशाख ५ गत्ते बुधबार दिन चितवनको रत्ननगर बृहत् रक्तदान गरेको छ।

विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डलीले आफ्नो मण्डलि स्थापना भएको ६०औं बर्षगाठको उत्सवमा विश्वब्यापी रुपले निस्तार चाडको प्रेम, रक्तदान अभियानद्वारा जीवन बचाउने प्रेम सारा संसार भरी बाड्न चाहेको परमेश्वरको मण्डलीका प्रतिनिधिले जानकारी दिए।

परमेश्वरको मण्डली रत्ननगरद्वारा आयोजित १३५४ औँ पटकको रक्तदान कार्यक्रम आफ्नै मण्डलि भवनमा बृहत् रुपले सुसम्पन्न गरेको हो।
विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली रत्ननगरका मण्डली प्रमुख हरि बगालेको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी चितवन शाखा नारायणगढ सभापति हरि प्रसाद पौडेल, नेपाल महिला संघ देवि अभियान की अध्यक्ष देवी अधिकारी , ईलाका प्रहरी कार्यालय रत्ननगर का प्रहरी निरीक्षक रमेश बिष्ट साथै कावाश्वती, झरिखोला र गैडाकोटका मण्डली प्रमुखहरू अतिथिका रुपमा बिभिन्न संघ सस्थाबाट र पत्रकारहरूको उपस्थिती रहेको थियो।

परमेश्वरको मण्डली रत्ननगरद्वारा आयोजित १३५४औँ पटकको रक्तदान कार्यक्रममा १५० जना सदस्यको उपस्थिती थियो भने १०० जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा सहभागी प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, चितवन शाखाका जिल्ला सभपति “ हरि प्रसाद पौडेल ज्यूँ  ले – यहाँहरूले अनवरत रूपमा विभिन्न वातवरण सरसफाई, भुकम्प पीडितहरूलाई सहयोग जस्ता योगदान पुर्यायदै आउनुभएको छ ” भन्दै मण्डलीप्रति आभार व्यक्त गर्नुभयो ।  ईलाका प्रहरी कार्यालय रत्ननगर प्रहरी निरीक्षक . रमेश विष्ट , नेपाल महिला देवि संघको  अध्यक्ष देवि अधिकारी ले पनि “ रक्तदान  जस्तो महान् कार्य गर्नुभयो यो  एकदम सराहनीय छ ” भन्नुभयो ।