हेर्ने खबर/काठमान्डौ परमेश्वरको मण्डली तारकेश्वरद्वारा आयोजित आज बैशाख ३ गते सोमबारका दिन १३४४औँ रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले सम्मान पत्र प्रदान गरेका हुन।
परमेश्वरको मण्डली तारकेश्वरले आफ्नै मण्डलीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। परमेश्वरको मण्डलीले गरेको रक्तदान कार्यक्रममा रेडक्रसको प्राविधिक सहयोगद्वारा सम्पन्न उक्त कार्यक्रममा परमेश्वरका मण्डलीका ११४ जना उपस्थित सदस्यहरुले ११४ पिन्ट रक्तदान गरेका थिए।
परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जन हुनुन्थ्यो भने बिसिस्ट अतिथिमा सोही वडाका वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, वडा नम्बर २ का वडा अध्यक्ष साथै नगरपालिकाका प्रवक्ता राधा कृष्ण खड्गी लगायत बिभिन्न संघ सस्थाबाट समाजसेविको बाक्लो उपस्थिती रहेको थियो।
रक्तदान कार्यक्रमको प्रकाश पार्दै परमेश्वरको मण्डलीले आफ्नो छोटो परिचयात्मक भिडियो देखाइएको थियो।परिचयात्मक भिडियोमा देखाइएको परमेश्वरको मण्डलीका सम्पूर्ण गतिबिधी साथै आफ्नै पालिका भित्र रहेको परमेश्वरको मण्डली तारकेश्वरले गरेका समाजसेवादेखी जीवन बचाउने रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रम लगातार गर्दै आएको र परमेश्वरको मण्डलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा गरेको त्याग तपस्या बलिदान र प्रेमको मन द्वारा गरिएका समाजसेवाप्रती लालायित हुँदै तार्केश्वोर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले परमेश्वरको मण्डलीसँग सहकार्य गर्ने प्रतिवधता जाहेर गर्नु हुँदै परमेश्वरको मण्डलीका मेम्बरसँगैको सहकार्यले देशमा रहेका ७५३ वटै पालिका मध्य तार्केश्वर नगरपालिका नमुना पालिका बन्ने बिश्वास पनि ब्यक्त गरेका थिए। मृत्युको संघरमा पुगेका दिन दुखीहरुको लागि गरेको यो रक्तदान अत्यन्तै पुन्यको काम हो, म यस्ता कार्यको उच्च प्रसंसा गर्छु भन्दै परमेश्वरको मण्डलीलाई प्रसंसा साथै कदर पत्र तयार गर्न यही कार्यक्रमबाटै पालिकामा निर्देशन दिएको जानकारी गराएक थिए, सोही कार्यक्रमको अन्त्यमा नगरपालिकाबाट तयार गरिएको प्रसंसा पत्र समेत प्रदान गर्नु भएको थियो।
१७५ वटा देशहरुमा फैलिएको ७५०० भन्दा बढी मण्डली रहेको परमेश्वरको मण्डलीले यो बर्षमात्रै नेपाल लगायत बिभिन्न देशहरुमा बृहत् रक्तदान गरेको छ। माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीले माताको पवित्र र निस्वार्थ प्रेम सारा संसारमा बाँड्ने पवित्र संस्था रहेको परमेश्वरको मण्डलीका सदस्य बताउछन। परमेश्वरको मण्डलीले निरन्तर स्वयंसेवाका गतिविधिहरु गर्दै आएको छ।