हेर्ने खबर/काठमान्डौ परमेश्वरको मण्डली इमाडोलद्वारा चैत्र २६ गत्ते सोमबार बृहत् रक्तदान गरेको छ।

परमेश्वरको मण्डली इमाडोलद्वारा आयोजित १३०३औँ पटक रक्तदान कार्यक्रम सुसम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रम सिध्दिपुर पार्टि प्यालेस, सानो गाउँ, महालक्ष्मी, ललितपुरमा भएको हो। परमेश्वरको मण्डलीको आयोजनामा रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा परमेश्वरका मण्डलीका ४०० भन्दा बढी सदस्यहरुको सहभागीता थियो भने, रक्तदान कार्यक्रममा २२४ पिन्ट रगत संकलन भएको थियो।

कार्यक्रममा हौसला र प्रेरणा दिन वडा न. 1 का वडाअध्यक्ष श्री छिरिङ लामाज्यु, जिल्ला समन्वय समितिका उप-प्रमुख राम लाल थिङ, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनज्यु, तथा पुर्व DIG, संसद तथा एमाले बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवालज्युको आतिथ्यमा कार्यक्रम सु-सम्पन्न हो।

कार्यक्रमका प्रमुख अतिथी नवराज सिलवालले आफू प्रहरी प्रशासनमा कार्यरत हुँदा यो संसारमा अपराध र आपराधिक कार्य गर्ने मानिस धेरै छन भन्ने सोचाइले डर लाग्थ्यो। यो संसार अब सकिन्छ होला जस्तो लाग्थ्यो। तर फेरी संसार त चल्दै छ भन्ने सोच्दा कसरी होला भन्ने सोच्थे, योचाहिँ अपराध गर्ने मानिस मात्रै नभएर असल काम गर्ने मानिस थोरै भएपनी अस्तित्वमा भएकोले गर्दा हो भन्ने बुझ्न सकेँ, यहाँहरु जस्तो असल मानिसहरु हुनुभएकोले संसार चलायमान हुन सकेको हो। यहाँहरुको हरेक असल काममा समर्थन र साथ रहनेछ भन्नु भयो।

१७५ वटा देशहरुमा फैलिएको ७५०० भन्दा बढी मण्डली रहेको परमेश्वरको मण्डलीले यो बर्षमात्रै नेपाल लगायत बिभिन्न देशहरुमा बृहत् रक्तदान गरेको छ। माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीले माताको पवित्र र निस्वार्थ प्रेम सारा संसारमा बाँड्ने पवित्र संस्था हो, परमेश्वरको मण्डलीका सदस्य बताउछन। परमेश्वरको मण्डलीले निरन्तर स्वयंसेवाका गतिविधिहरु गर्दै आएको छ।