पछील्लो समय अरुहरुकै सिर्जनामा लाइभ दोहोरिको नाममा अन्टसन्ट अन्तरा बनाउदै गाएर चर्चामा आएका गायक चीज गुरुङको गीत ‘हावा सरर’लाई चोरीको आरोप लागेको छ। गायक स्वर्गिय राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल ‘बले’ले आफ्नो बुबाको ‘छोडेर आए म’ गीतसँग हुबहु मिलेको आरोप लगाएका हुन् ।

सागर लम्साल ‘बले’ले मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै गीत हटाउन साथै गुरुङ समाजको आडमा धम्की नदिन समेत आग्रह गरेका छन् ।

करिब एक महिना अगाडि रिलिज भएको चीज गुरुङको ‘हावा सरर’ बोलको गीतको सङ्गीत मेरो बुवा राजेन्द्र लम्साल र नारायण रायमाझीले गाउनु भएको तथा कृष्ण उजाड पौडेलले सङ्गीत गर्नुभएको गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दो देखियो’, उनले अगाडि भनेका छन्, ‘ गज्जबको कुरा त के भने चोरिएको गीत बजारमा आएको केही मिनेटमै मैले यो गीतको सङ्गीत त मिल्दोजुल्दो देखियो भनेर सम्बन्धित पक्षलाई जानकारी गराउँदा तपाईँ जे गर्न सक्नुहुन्छ गर्नुस् मसँग मेरो समाज छ। मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो।’ चोरिएको हल्ला नभएसम्म संगीतकारमा चीजले आफ्नो नाम राखेपनि अहिले भने युट्युबमा उल्लेख नगरेको लम्सालको भनाई छ।

कलाकारको हक हितको निम्ती लोक दोहोरी प्रतिस्ठान खडा गर्नु पर्छ भनेर आफ्नै घरमा आफ्ना बुवाले भेला राखेको कुरा स्मरण गर्दै, हिजो कलाकारको हकहितको लागि प्रतिस्ठान खडा गर्नु पर्छ भन्ने मेरो बुवाको आफ्नै गित चोरि भएको कारीव एक महिना हुँदा पनि प्रतिस्ठान मौन बस्छ भन्दै हेर्ने खबरसँग गुनासोसम्म पोखे।

यतिखेर सामाजिक सञ्जालमा गीत बारे खुवै चर्चा चलेको अवस्थामा गीत हुवहु मिलेको छ भन्दै प्रतिकृयाको ओइरो लागेको छ भने सिर्जना गर्न नसक्ने तर आफु कसरी चर्चामा आउने भन्ने भुतले समातेको छ भन्दै अर्को आरोप लगाएको देखिन्छ।