हेर्ने खबर/काठमाडौँ पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा सर्जक निरोज भट्टको “तप्प आँशु खस्यो” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यतिबेला भट्टको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
निरोज भट्टको शब्द र अनिश दवाडीको संगीत रहेको “तप्प आँशु खस्यो” बोलको गीतको यति बेला ब्यापक चर्चा छ।
गीतमा बहुचर्चित लोकप्रिय गायक कुशल बेलबासे र पूर्णकला बिसी को सुमधुर आवाज रहेको छ भने पछिल्लो समय अत्यन्तै रुचाइएकि लोकप्रिय रोशनी कार्की र सुमन परियार फिचरमा छन। भिडियाेमा स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन रहेको छ भने छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीको रहेको छ।
निरोज भट्टको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।