गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन् २०२५ देखि २०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा मलेसियामा बसोबास गर्ने सयौं नेपालीको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष राकेश प्रसाद महतोले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा एनआरएनए एसिया प्यासिफिक संयोजक हरी भट्टराई रहनुभएको थियो भने संस्थापक अध्यक्ष शंकर बहादुर पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

अधिवेशनबाट रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष श्री तिपेन्द्र बुढामगर केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभएको छ। उहाँको जितलाई मलेसियास्थित नेपाली समुदायले स्वागत गरेका छन्। कार्यक्रमलाई सांस्कृतिकरूपमा थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित गायक तथा संगीतकार राजनराज सिवाकोटीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुभएको थियो। साथै, मलेसियामा बसोबास गर्ने नेपाली कलाकारहरूले पनि विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

निर्वाचित कार्यसमिति

अध्यक्ष: राकेश प्रसाद महतो
प्रथम उपाध्यक्ष: राजु तामाङ
उपाध्यक्षहरू: नारायण अधिकारी, विनोद पाण्डे, अनिल कुमार चौधरी
महिला उपाध्यक्ष: लिला मगर
युवा उपाध्यक्ष: सन्तोष पौडेल
महासचिव: विष्णु प्रसाद बराल
सचिवहरू: उमेश कोइरी महतो, रमेश पौडेल
कोषाध्यक्ष: खेमराज खत्री
सह-कोषाध्यक्ष: सुरेश कुमार देवकोटा
युवा संयोजक: राजन हायु राई
महिला संयोजक: शोभा कुमारी खड्का
निर्वाचित सदस्यहरू:

हरि बहादुर बस्नेत, कैलाश बिष्ट, रुपेश बी.के, बाबुराम थापा मगर, तिपेन्द्र बुढामगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्र बहादुर थापा, र दिपक प्रसाद यादव । एनआरएनए मलेसियाले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।