हेर्ने खबर/काठमाण्डौ सान्तिश्री परियार र तिपेन्द्र बुढामगरको स्वरमा रहेको ‘गाइदेउ रोधी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियो ‘बिप्सन चित्र’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको शब्द गायक आफै तिपेन्द्रले कोर्नुभएको हो भने गीतमा संगीत अमर रोका मगरको एरेन्ज छ। सुमन लामा तामाङको निर्देशनमा तयार भिडियोमा बिजय पुन, शेखर घर्ति मगर, निसा घर्ति मगर र खिमा मगर फिचरमा देखिएका छन् भने “गाइदेउ रोधी” बोलको यो गित नेपाल मगर संघ पेनाङका अध्यक्ष बिरस पुनमगरको बिशेष प्रायोजनमा निर्माण भएको हो।
“गाइदेउ रोधी” टिपिकल झ्याउरे गित रहेको छ भने म्युजिक भिडियोमा मिलन विश्वकर्माले छायाँकन गर्नुभएको दृश्यले सुनमा सुगन्ध थपेको छ।
टिपिकल झ्याउरे गित “गाइदेउ रोधी” यतिबेला देश बिदेशमा खुव हेर्दै आएको दर्शकहरुका कमेन्टले देखाउछ भने उक्त गित नेपालि टकटकरहरुले पनि खुव आनन्दसाथ टिकटक बनाउने अनुमान लगाइएको छ।
“गाइदेउ रोधी” बोलको टिपिकल झ्याउरे गित हेर्नुस।