-लक्ष्मण गैरे

भर्खरै बाह्र कक्षाको नतिजा प्रकासित भएको छ। यतिखेर पुतलीसडक, बागबजार, बानेश्वरका चोकहरूमा विद्यार्थीको ओहोरोदोहोरो झन् बाक्लिएको छ। अधिकांश युवाहरू उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, क्यानडा, अमेरिका जापान , यूके तथा अन्य देश जना इच्छुक भइरहेका छन्।
एजुकेसन कन्सल्टेन्सीहरू विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिन भ्याइनभ्याइ भइरहेका अनुमान सजिलै लगाउन सकिन्छ।
जापानको बिध्यार्थी जीवनको अनुभव बारे थोरै जानकारी दीन चाहे ,विद्यार्थीहरू विदेश पढ्न जाँदा धेरै कुराको विचार गरेर जानुपर्छ। सुटकेसमा अचार होइन, विचार प्याकिङ गरेर ल्याउनुपर्दछ। दिमागमा मोज होइन, सोच बोकेर आउनुपर्दछ। आखिर विद्यार्थीहरू विशेषगरी जापान आउँदा के/के कुरामा ध्यान दिनुपर्छ त?

 विदेश जाने कि नजाने:

सर्वप्रथम त विद्यार्थीहरू पहिला आफू नै विदेश जाने कि नजाने भन्ने विषयमा निश्चित हुनुपर्छ अनि सही निर्णय वा निचोडमा पुग्नुपर्दछ। १८ वर्ष पुगेपछि व्यक्तिहरूलाई कानुनी रूपमा वयस्क मानिन्छ र उनीहरू आफ्नो निर्णयहरू आफैं गर्न सक्षम हुन्छन्। त्यसैले थप शिक्षाको लागि जापान वा अन्य कुनै देशमा जाने र कलेज छान्ने निर्णयको स्वामित्व विद्यार्थी आफैंले लिन महत्वपूर्ण हुने गर्दछ।
यदि कहिलेकाहिँ उनीहरू दोधारमा पर्छन्, आफूले नै के चाहिरहेका छन् भन्ने कुरा आफूलाई नै थाहा छैन भने, सही निर्णय गर्न सकिरहेका छैनन् भने कमसेकम उनीहरूले आफूले अनुभव गरेका यी कुराहरू आमाबुबासँग वा आफ्नो मनपर्ने र खुलेर कुरा गर्नसक्ने शिक्षकसँग वा मनमिल्ने साथीसँग वा करियर काउन्सिलर/सल्लाहकार (जसले व्यवसायिक चासोहरूभन्दा तपाईंको भलाइलाई प्राथमिकता दिन्छ) सँग खुलेर छलफल गर्नुपर्दछ। किनकि अनिश्चितताको बीचमा, मार्गदर्शन खोज्नु भनेको आफ्नो भविष्यको लागि उत्तम छनोट गर्ने एउटा विद्यार्थीको प्रतिबद्धताको प्रमाण हो।
यसरी एउटा विशेषज्ञ मार्गदर्शनले विद्यार्थीहरूमा भएको खुलदुली, दोधारपन र भ्रमको दागाहरू खोलिन सक्छ। उहाँहरूको सम्पर्कमा आउँदा, खुलेर कुरा गर्दा, सल्लाह माग्दा उहाँहरूले तपाईंलाई विभिन्न दृष्टिकोणहरू प्रदान गर्न सक्नुहुन्छ र कहिलेकाहीँ सूचित निर्णय र निचोडमा पुगेर सम्भावनाको ढोकाहरू विस्तारै खोलिन थाल्छ।
संक्षेपमा, यो पहिलो चरण आत्म–मूल्याङ्कन र विशेषज्ञ मार्गदर्शनको मिश्रण पनि हो। भविष्यमा गलत कदम चाल्ने या नचाल्ने हालको निर्णय ले निर्धारण गर्दछ। ।
कुनै अपवादहरूलाई छोडेर हेर्ने हो भने प्रय बाह्र कक्षा सकेका युवाहरूलाई विदेश जाऊँजाऊँ पार्ने भनेको मूलतः विदेशको रंगीन दुनियाँ, सोसल मिडियामा देखेका साथीहरूको लोभलाग्दो फोटो, पार्टी गरेका भिडियोहरु, घण्टामा कमाएको डलरको हिसाब, स्वतन्त्र जीवनले हो।
उनीहरूलाई लाग्छ विदेश पढ्न गएपछि अधिकांश समस्याहरूको हल हुन्छ, विदेशमा सुनको खानी छ, पैसा फल्छ र घण्टा घण्टामा टिप्छु। तर विडम्बना धेरैले यो सोचेको हुँदैन कि त्यो सुनखानी खन्न पनि अनि पैसा टिप्न पनि रातदिन नभनी, घामपानी नभनी दौडिनुपर्छ। ओछ्यानमा सुतिसुति यो कुरा सोचिरहँदा ओछ्यानबाट जुरूक्क उठेर मुख पनि धुन नपाइ ट्रेन समात्न दौडिनुपर्छ भन्ने मनन गर्दैनन्।हरेक व्यक्तिले यो बुझ्न आवश्यकता छ कि विदेश गएर पढ्न, करियर बनाउन, पैसा कमाउन, आफूलाई स्थापित गर्न सोचे जस्तो सजिलो छैन। त्यो रमाएको फोटो र भिडिओ पछाडि कति दर्दनाक कथाहरू, कति अप्ठ्याराहरू, कति संघर्षहरू छन् भन्ने कुरा अलिकति भए पनि विचार गर्नुपर्छ।
विदेश जाने सपना बुन्दै गर्दा सबैले ‘म आफ्नो देश छोडेर अर्काको देश जाँदैछु। आमाको काख जति न्यानो अरूको काख हुँदैहुँदैन। आमाले दिने स्नेही अरूले दिनै सक्दैन।’ भन्ने वश यति कुरा सोचे हुन्छ।

समाजीक र पारिवारीक स्थिति

विदेशमा छोराछोरी डिप्रेसनमा जानु, सुसाइड गर्नुमा उनीहरूको बुबाआमाको पनि केही हात छ । ठूलाहरूको जिद्दीपन, देखासिकी, इगो र आफन्त, छरछिमेकीसँगको अस्वस्थ प्रतिस्पर्धाले कति छोराछोरीहरू आफ्नो इच्छाविपरीत पनि विदेश आउनु परेको छ त्यसैले यो  विशेष गरी ती बुबाआमाहरूको लागि।
१८ वर्षको छोराछोरीलाई विदेश पठाउने तपाईंहरूको इच्छा, बाध्यता हुनुहुँदैन छोराछोरीको आफ्नै आकांक्षा र सपना हुनुपर्दछ। देउरानी, जेठानीको, नन्द आमाजुको, दाइ-भाइको, छिमेकीका, मामा, काका, साथी, अन्य आफन्तका छोराछोरीहरू विदेश गइसके, पैसा कमाएर पठाइसके आफ्नो अझै यही छ भनेर छोराछोरीलाई विदेश पठाउन फोर्स गर्नुहुन्न।
उनीहरूमा बारम्बार यसले यहाँ गरी खाँदैन, हल्लेर हिँड्यो, विदेश पठाएपछि ढुक्क हुन्छ भन्ने जस्तो सोच थुपार्नु हुँदैन। फलानोले पासपोर्ट बनाइसक्यो खै तेरो भन्दै सधैँ अत्ताउनु हुँदैन। उनीहरू हुर्कंदै गर्दा नेपाल खत्तम छ, यहाँ अवसर नै छैन, रुपैयाँमा होइन डलरमा कमाउनुपर्छ, काठमाडौंमा एउटा आफ्नो छुट्टै घर हुनुपर्छ, हामीलाई पनि विदेश देखाउने तेरो कर्तव्य हो, अब तैँले कमाएर सबै व्यवहार, ऋण, धन समाल्नुपर्छ भन्ने धारणा बारम्बार दिँदा उनीहरूमा देशप्रति वितृष्णा पैदा हुनुको साथै दिमागमा एउटा बोझ लिएर बाँचिरहेको हुन सक्छ जसको परिणाम पछि घातक हुने गर्दछ।
त्यसैले भनेको होला छोराछोरी जन्माएर मात्रै हुँदैन राम्रो संस्कार पनि दिनुपर्दछ। कुनै पनि आमाबुबाले आफ्नो छोराछोरीलाई बलीको बोका बनाउनुहुँदैन। अरूको सेखी झार्न, अरूलाई हराउन, देखाउन छोराछोरीलाई न हुकुमको न तुरूपको एक्का बनाउनु नै हुन्छ। त्यसैले देखासिकीको लागि विदेश आउनु हुन्न। भने बमोजिम जीवन सरल र सहज नहुदा तपाई स्वयम र परिवारहरुले धेरै ठुलो क्षेती व्योहोर्न पर्ने स्थिती आउन सक्छ ।
जब विद्यार्थीहरू स्व-इच्छा र विवेकले जापानको शैक्षिक यात्राको लागि स्पष्ट लक्ष्यहरू सेट गर्छन् तब अब आउने बाटोको लागि युद्धमा जाने सिपाहीहरू जसरी तयार हुनुपर्छ। विद्यार्थी स्वयंम् स्मार्ट हुनुपर्दछ। त्यसपछि उनीहरूले सो देशको जीवनशैली, सांस्कृतिक अनुभवहरूको सन्दर्भमा जापानले के प्रस्ताव गर्छ भनेर बुझ्न अति जरूरी छ। जापान अध्ययन गर्नुमा आफ्नो दीर्घकालीन योजनाहरूमा कसरी फिट हुन्छ र आफ्नो करियर साथै व्यक्तिगत विकासमा कसरी योगदान पुर्‍याउन सक्छ भन्ने कुरामा विशेष विचार गर्नुपर्दछ। त्यसपछि बल्ल विद्यार्थीले आफ्नो शैक्षिक उद्देश्यहरूसँग मिल्ने एउटा कलेज र विषय छनौट गर्नुपर्दछ। नेपाली उखान छ गाटी हेरेर हाड निल्नु , आफ्नो आर्थिक अवस्था अनुरुपको बिष्वबिध्यालय या बिषय को छनोट उज्वल भोलीको परिकल्पना हो ।

अन्त:
प्रदेशी जीवन ज्ञापन यात्राको क्रममा आफुले आफैलाई समाजीकरण गर्नु निकै आवश्यक ठानिन्छ।
कोही व्यक्ति पनि सम्पनताको जीवन बाचीरहेको हुदैन।सम्पनता थियो भने कोही नेपाली बिदेशिने थिएन होला ।
तर पनि यो मायामी जीवनचक्रको प्रत्येक जटील परिस्थितिलाई छेल्दै , झेल्दै र दुखका कयौ गित गजल र काभ्य बुनेर मानिष हासीरहेको छ ।त्यही हासोमा हातेमालो गरेर आफ्नो आत्माबल लाई अब्बल बनाउनका लागी भए पनि आफैलाई बिभीन्न संधसंस्था मा समाबेस गर्न सिक्नु प्रदछ।
अन्तिम निर्णय मृत्यु रोजीनेथिएन होला यदी थौरै पनि नेपालीको मन नेपालीको सोच नेपालीको पारा जापानीज जस्तो हुदैन भन्ने कुरा गहन अध्यन गरर्न सकेको भएमा ।जापानमा नेपालीनै नेपालीको आफन्त हुन र परिवार पनि हुन ।
एन.आर.एन.ए जापान , मोना जापान ,गलकोट समाज जापान , चितवन समाज जापान , स्पोट्रोस कलबहरु पत्रकारीता गर्नु हुने धेरै नेपाली बयक्तित्वहरु ,लगाएत अन्य ठुला संधसंस्थाहरु संग जीज्ञासा ,परामर्स ,सर-सल्लाहहरू लिन कहिल्यै पछाडी पर्नु हुदैन ।
तपाईको जीवन अमुल्य छ ।मुल्यवान जीवन मुल्यहीन सेतो कात्रोले छोपीदाको पिडा बुवा-आमा लाई कस्तो हुन्छ होला भनेर एक फेरी बिचार गरौ,मनन गरौ ।तपाईको आत्माहत्या समस्या को समधान हुदै होईन बरु समस्याको सुरुवात पो हो।
तपाईलाई चढाउने फुल ,तपाईलाई गरीने अन्तिम संशकार सितैमा त हुदैन नि ?, बुवाले आगामी दशैमा जोड्ने खुसीको एक सपनाबाट कटौती हुनेछ! आमाको स्नेह र ममता को परिक्षामा अनुतिर्ण हुनेछौ! आशा सबै निराशा हुनेछन!
पुण्य सब पाप हुनेछन!आदर सबै अनादर हुनेछन !दिन सब रात हुनेछन!अर्थ सब अनर्थ हुनेछन!आशिर्वाद सब अभिषप हुनेछन !

 

(लेखक एन.आर.एन.ए खान्साईका कोषाध्यक्ष,चितवन समाज जापानका केन्द्रीय सदस्य तथा स्टार गुर्प जापानका सचिव हुनुहुन्छ। )