ओसाका/ जापान । गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन सम्पन्न भएको छ । कान्साई क्षेत्रीय संयोजक दिलिप शर्माको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष महेश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गर्ने भएको छ । कार्यसमितिको संयोजक र सचिवमा सहमति हुन नसके पनि अन्य पदहरुमा भने निर्विरोध भएको निर्वाचन संयोजक महेश कुमार कटवालले जानकारी दिनु भयो । “संयोजक र सचिवमा सहमति भएन अब चुनावमा जाने भयो त्यो कहिले हुन्छ हामि प्रक्रिया पुराएर गर्नेछौं” निर्वाचन संयोजककटवालले बताउनु भयो ।
कार्यक्रमलाई सम्बेधन गर्दे प्रमुख अतिथी श्रेष्ठले एनआरएनए भनेको एउटा ठूलो अभियान रहेको हुदाँ साना साना विवादमा नफसीकन सामाजिक सेवामा लाग्न आग्रह गर्नू भयो ।
कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नविन न्यूरे, उपाध्यक्षहरु महेश कुमार कटवाल, रामकृष्ण श्रेष्ठ, संगिता अधिकारी, राजकुमार अधिकारी, महासचिव सिदार्थ श्रेष्ठ, सहसचिव श्याम शितल, सहकोषाध्यक्ष दिपक सुनार, सल्लाहकार कृष्ण भुषाल, पूर्व सल्लाहकार नरेन्द्र बस्नेत, चिवा संयोजक मुक्तीराज रेग्मी, नागोया संयोजक मनोजबम मल्ल, चितवन समाज कान्साईका संयोजक विष्णु शर्मा, ब्युकोट समाजका बेदप्रसाद पौडेल लगाएतले प्रवासमा रहेका नेपालीहरुले भोग्नु परेका समस्या तथा समाधानका बारेमा चर्चा गर्नू साथै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए कान्साईका उप-संयोजक नरबहादुर थापाले गर्नू भएको थियो । कार्यक्रमको सहजिकरण सचिव तेज गुरुङले गर्नु भएको थियो ।