सर्वोच अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो। यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

सोही घटनाका प्रतिवादी ‘विद्रोह’ भन्ने सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन्। त्यसैगरी अर्का प्रतिवादी लक्ष्मण चौधरीको हकमा भने कैलाली जिल्ला अदालतको फैसला सदर भएको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।