दक्षिणकाली नगरपालिका वडा नं ८ मा रहेको पहिलो मा.वि. विद्यालय, श्रीकृष्ण माध्यमिक विद्यालयले नेतृत्व विकास तथा मनोपरामर्श कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।दक्षिणकाली नगरपालिका वडा नं ८ को अध्यक्ष योस कुमार वाइवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार तथा चर्चित अधिवक्ता स्वागत नेपालले विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, अभिभावक, विद्यालयका शिक्षक साथै विभिन्न क्लवको नेतृत्व गरिरहेका विद्यार्थीहरुलाई नेतृत्व विकास तथा नेतृत्वले निर्वाह गर्नुपर्ने दायित्व र समाजमा विद्यालयको भूमिकाको बारेमा परामर्श दिनु भएको थियो ।

दुई चरणमा संचालन गरिएको उक्त मनोपरामर्श कार्यशाला गोष्ठीमा लामो समय देखी बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आउनु भएकी अधिवक्ता तथा मनोसामाजिक विज्ञ लोचना शर्मा (रादीका चम्लागाई) ले विद्यालय पढ्ने उमेरमा बालबालिकामा आउँने सोच, परिवर्तनका लक्षण, मनोभाव नबुझ्दा हुने परिणाम र अभिभावकले बुझ्नु पर्ने विषयहरुको बारेमा प्रशिक्षण गराउनु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी गराउँनु भयो ।

लगभग ६५ जनाको सहभागीता रहेको कार्यशालाले अभिभावक तथा बालबालिकाहरुमा ठूलो लाभ पुग्ने विद्यालयका प्रधानाध्यापक रमेश आचार्यले बताउनु भयो ।

दक्षिणकाली नगरपालिका वडा नं ८ मा रहेको पहिलो मा.वि. विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयले नेतृत्व विकास तथा मनोपरामर्श कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

दक्षिणकाली नगरपालिका वडा नं ८ को अध्यक्ष योस कुमार वाइवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार तथा चर्चित अधिवक्ता स्वागत नेपालले विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, अभिभावक, विद्यालयका शिक्षक साथै विभिन्न क्लवको नेतृत्व गरिरहेका विद्यार्थीहरुलाई नेतृत्व विकास तथा नेतृत्वले निर्वाह गर्नुपर्ने दायित्व र समाजमा विद्यालयको भूमिकाको बारेमा परामर्श दिनु भएको थियो ।

दुई चरणमा संचालन गरिएको उक्त मनोपरामर्श कार्यशाला गोष्ठीमा लामो समय देखी बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आउनु भएकी अधिवक्ता तथा मनोसामाजिक विज्ञ लोचना शर्मा (रादीका चम्लागाई) ले विद्यालय पढ्ने उमेरमा बालबालिकामा आउँने सोच, परिवर्तनका लक्षण, मनोभाव नबुझ्दा हुने परिणाम र अभिभावकले बुझ्नु पर्ने विषयहरुको बारेमा प्रशिक्षण गराउनु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी गराउँनु भयो ।

६५ जनाको सहभागीता रहेको कार्यशालाले अभिभावक तथा बालबालिकाहरुमा ठूलो लाभ पुग्ने विद्यालयका प्रधानाध्यापक रमेश आचार्यले बताउनु भयो । उक्त कार्यशाला गोष्ठीमा सहभागी अभिभावक तथा विद्यार्थीहरुले विद्यालयको शैक्षिक सुधारको लागि यो कार्यक्रम निक्कै प्रभावकारी हुने बताएका थिए ।