-छैमले,दक्षिणकाली
काठमाडौं जिल्लाको दक्षिणकाली भेगमा रहेको दक्षिणकाली नगरपालिकाको ८ नम्बर वडाले नगर शिक्षा ऐन अनुसार आज दक्षिणकाली नगरपालिका वडा ८ वडा शिक्षा समिति गठन गरेको छ । समितिमा वडा अध्यक्ष, वडा सदस्य, सचिव, सहित वडा ८ भित्रका तिन वटै सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा प्रेमि सहित ११ सदस्यिय समिति गठन भएको छ ।
आज नै उक्त समितिबाट दुई वटा निर्णाय तत्काल संचालन गर्ने गरी निर्णय भएको दक्षिणकाली नगरपालिका वडा ८ का अध्यक्ष योस कुमार वाइवाले जानकारी दिनु भयो।
वडा स्तरिय परीक्षा समितिले गरेको निर्णयहरुमा वडा ८ भित्रको सामुदायिक विद्यालयहरुको कोर्ड नं अनुसार बार्षिक परिक्षा संचालन गर्दै विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उकास्न मद्यत पुग्ने पञ्चकन्या माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष संजय लामाले बताउनु भयो। तिन वटै सामुदायिक विद्यालयमा सेन्टर कायम गरी परिक्षा संचालन गर्ने र अतिरिक्त क्रियाकलाप व्यवस्थापन पनि तिन वटै सामुदायिक विद्यालयको विद्यार्थीहरुका लागि संचालन गरिने गरी निर्णाय गरिएको श्री कृष्ण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक लामिछानेले बताउनु भयो ।
कक्षा ५, ८, ९ र १० को नगरपालिका शिक्षा शाखाको परिक्षा तालिकालाई मध्यनजर गर्दै विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनका लागि परिक्षा तथा अतिरिक्त क्रियाकलाप ले वडा ८ भित्र रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप उर्जा थपिने ध्याम्पादेवि आधारभूत विद्यालयका प्रधानाध्यापक निर कुमार लामाले बताउनुभयो।