“म रगत हुँ,रगत म हो “-चार्ल्स रिचार्ड ड्रियु
म स्वयं एक ब्लड बैंक बन्न सकुँ
प्रथमतः मेरो प्रण मानबिय सेवामा
तयारी छु, आठै प्रहर
B+ve रगत चाहिए
9862178682, निशुल्क सुम्पेकी छु
रक्त बैंकको खाता, म एक रक्तदाता ।

भगवान् पुज्न मठ मन्दिर धाउँनै पर्दैन
सेवामा जुट्न उमेर आउनै पर्दैन
मेरी आमा एक्काईस
बाबा भन्नुहुन्छ बार्हौ पटक
रक्तदान गरीसकेँ
रक्तदान महादानमा बाबालाई उत्प्रेरित गर्ने आमा
हजुर जस्तै उत्प्रेरणाा थप्ने सब जनमा सम्मान
म सबैकी साझा आमा बन्न सकुँ ।।

एक युनिट रगतमा
ICU बाट मुस्कुराउन सक्छन्
तीन जना बिरामीहरु
ढिला नगरौं जोडिन
ब्लड डाेनर्स सोसाइटी
हाम्रो साथी, सबैभन्दा माथी
अग्रसर छु सामाजिक कार्यमा
कहिले आकस्मिक घरदैलो
रक्तदान महाअभियानमा
`म सक्छु ´ बोकि बिचार परिवर्तनको
बनेर रक्षक, किताबको गाता
उपस्थित छु, म एक रक्तदाता ।

म र मेरो मात्र देख्ने
आफू भित्रको रक्तस्राव लेख्ने
सोँच बदलौँ साथी
अरुलाई दिए, आफुले पनि त पाईन्छ
बिश्व समाज हाम्रो घर
प्रत्येक ब्यक्ती हाम्रो परिवार
रगतको अभावमा कसैको
बन्द नहोस् मुटुको चाल
हजुरको, मेरो निशुल्क रगत
त्यही रगत कसैले किन्न नपरोस
बिन्ती गर्दै हाजिर छु बोकेर
चर्को घाम पानीमा छाता
म एक रक्तदाता ।

Change mind, be kind
give blood, save life .

बिधाता पौडेल आधिखोला-३, स्याङ्जा
हाल: मदरल्यान्ड मा. बि. पोखरा ।