काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन्। उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक।
परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका छन्। उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।
तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन। यो देखेर स्थानीय अचम्मित र त्रसित छन्। तैपनि उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन्।
यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिएको र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन्। उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन्। तल ओराल्न सकिएको छैन।