भक्तपुर। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले सात दलिय गठबन्धन बनाएर चुनावको तयारीमा जुटेका छन्।
उम्मेदवारी दर्ताको समय नजिकदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल मिलिनसक्दा नेकपा एकृकित समाजवादीले भक्तपुरको चार वटै नगरपालिकामा मेयर तथा उप मेयर सहित जिल्लाका ३८ ओटै वडाहरुमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवार सिफारिस गरेको छ।
जिल्लाका ३८ वटै वडा कमिटी तथा चार वटै नगरपालिकाको बैठकबाट चार ओटै नगरपालिकामा मेयर र उप मेयर तथा वडा अध्यक्ष तथा सदस्यहरुको नाम जिल्ला कमिटीमा सिफारिस भएर आएको नेकपा एकृकित समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले बताए।
जिल्लाका ३८ वटै वडाहरुबाट वडा अध्यक्ष तथा सदस्यहरुको छनौट वडा कमिटीको बैठकबाटनै सर्वसम्मत रुपमा गरिएको तथा चार वटै नगरका मेयर तथा उपमेयरमा भने आकंक्षा राख्ने साथीहरु धेरैजना भएकाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटीले नै मेयर र उपमेयोर को टुंगो लगाउने अध्यक्ष बस्नेतले बताए।
चार नगरमध्ये दुइमा मेयरको लागि महिला उम्मेदवार सिफारिस
नेकपा एकृकित समाजवादीले भक्तपुरको चार नगरमध्ये दुइ नगरमा मेयरको लागि महिला उम्मेदवार सिफारिस गरेको छ। नगर कमिटीको बैठकबाट मेयरको लागी सिफारीस हुने महिलाहरुमा मध्यपुर थिमी नगरपालिकामा मेयरमा पार्टीका केन्द्रिय सदस्य एबम भक्तपुर जिल्ला सह इन्चार्ज भवानी खडका र भक्तपुर नगरपालिकाको मेयरमा रिता अवाललाई सिफारिस गरेको हो ।
भक्तपुर नगरपालिकाको मेयरमा ओम चरण अमात्य र उपमेयरमा डा राजेन्द्र कोजु नगर कमिटीबाट सिफारिस भएका छन।
मध्यपुर थिमी नगरपालिकाको मेयरमा पार्टीका जिल्ला उपाध्यक्ष प्रेमानन्द लाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, पुन्यरत्न रन्जित र उपमेयरमा नवीन प्रकाश श्रेष्ठ, रितु चित्रकार, सुसिला श्रेष्ठ नगर कमिटीबाट सिफारिस भएका छन।
सुर्यविनायक नगरपालिकाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्याम बस्नेत, प्रदेश कमिटी सदस्य अर्जुन बस्नेत र मधुकर थापा तथा उपमेयरमा दिलिप केसि र शोभा श्रेष्ठ नगर कमिटीबाट सिफारिस भएका छन।
चाँगुनारायण नगरपालिकाबाट मेयरमा राम प्रसाद न्योपाने र उपमेयरमा शान्ति खडका र अन्जना पोखरेल नगर कमिटीबाट सिफारिस भएका छन।