राज्यले ल्याएको ‘राष्ट्रिय प्रसारण नियमावली’ अव्यावहारिक, नागरिक अभिव्यक्ति स्वतन्त्रतामाथिकाे अंकुश मात्रै नभाएर आउँदा दिनमा छाडा र नचाहिँदा सामग्रीलाई नियन्त्रण नगर्ने शिलापत्र संवादमा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी बताउनु हुन्छ।

‘राष्ट्रिय प्रसारण नियमावली’बाट राम्रो सामग्री अपलोड गर्नेहरू पाखा लाग्ने स्थिति सिर्जना गर्नेछ भने, अन्तसन्त शिर्सक राख्दै नचाहिँदा कन्टेन्ट हाल्नेहरूलाई प्रोत्साहन नगर्ला भन्न सकिदैन। उनीहरूले पैसा पनि कमाउँछन् र पैसा हालेर लाइसेन्स लिन सक्छन् ।

तर, राम्रा कन्टेन्ट हाल्नेहरू पैसा तिर्ने, दर्ता गर्नेजस्ता लफडा झेल्नुभन्दा पाखा लाग्ने स्थिति आउन सक्छ । झन् राम्रालाई नै निरुत्साहित बनाउने स्थिति बन्यो ।

लाइसेन्सको व्यवस्था सीमित मान्छेले चलाउने कुरामा गर्न सकिएला, आम मान्छेको पहुँचमा रहेको कुरालाई लाइसेन्स लिनुपर्छ भन्न मिल्दैन ।

हामीले लाइसेन्स लिने/दिने भन्दा पनि कस्तो कन्टेन्ट हाल्ने भन्ने कुरामा बहस गर्नुपर्छ। कस्ता कन्टेन्ट हाल्ने भन्ने कुरामा केन्द्रित भएर नियम आउनुपर्थ्याे। सिधै भन्नु पर्दा युग सुहाउँदो नियम बन्न सकेन।