काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले माओवादीलाई सिध्याउने योजनामा लागेको बताउनुभएको छ ।
नेपाल वुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सोमाबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको विधान माधिवेशनको लक्ष पनि माओवादी सिध्याउने नै भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले माओवादी सिद्धिदा देश पनि सिद्धिने बताउनुभयो । माओवादी बच्दा देश बच्छ, माओवादी सिद्धिँदा देश पनि सक्किने खतरा छ, सानो कुरो छैन यो’, उहाँले भन्नुभयो ।
यो कालखण्डमा राष्ट्रलाई जोगाउन माओवादी बलियो हुनै पर्ने उहाँले बताउनुभयो । त्यसको लागि माओवादी लड्नै पर्ने उहाँले बताउनुभयो । ‘हामी लड्दा जित्न सकिने सम्भावना पनि छ’, प्रचण्डले भन्नुभयो ।
लामो संघर्षबाट प्राप्त परिणाम उल्टाउने प्रयास भइरेको प्रचण्डले टिप्पणी गर्नुभयो । यसलाई जोगाउन लोकतन्त्रवादी शक्ति एक हुनु पर्ने उहाँको सुझाव छ ।