काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको बलियो खम्बा ढलेको छ । पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर चित्रबहादुर राना नेकपा एमालेमा प्रबेश गरेपछि माओवादीको बलियो खम्बा ढलेको हो ।

नेपाल कराँते महासंघका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेको माओवादी नेता रानाले नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद गुलावजंग शाहले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे युद्धमा जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रूपमा रहेका उनी एकीकृत नेकपा माओवादी बागचौर नगर कमिटीका सदस्य थिए ।

राना बागचौर–१० पिपलनेटा निवासी हुन् । आफू पूर्वजनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगर कमिटीमा रहेर नेकपा माओवादीमा लामो समय सेवा गरेको सम्झँदै उनले आफू खेल जगतको व्यक्ति भएको र आफ्नो सम्पूर्ण गुरु तथा खेल क्षेत्रका साथीहरू एमालेमा रहेकाले आफू पनि सँगै रहन पार्टी प्रवेश गरेको बताए ।

उनले भने, ‘मं जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरूसँग मित्रवत व्यवहार गरेको छु । कुनै साथीप्रति मेरो रिसइबी र आग्रह–पूर्वाग्रह भएर माओवादी पार्टी छाडेको होइन ।