म सोध्छु तपाईलाई ,
म को हुँ ?
गणितमा उत्तर दिन्छु
म “Sin 30⁰ अर्थात माधव नेपाल” हुँ
कसैले सोध्यो भने तपाईलाई
विज्ञानमा भनिदिनू-
म ‘कार्वन मनोअक्साईड’ हुँ
राजनीतिको अराजक वायु हुँ
समाजले सोध्यो भने तपाईलाई
सामाजिकमा भनिदिनू-
म “ट्वाईलेटको प्यान” हुँ
जसको अनुहारमा जो सुकैले मुतिदिन सक्छ
देशले सोध्न सक्छ तपाईलाई
सेरोफेरोमा भनिदिनू-
म ‘प्रचण्डको गुलेलीको मट्याङग्रा’ हुँ
निशाना ओलिको खप्पर हो
परिवर्तनले सोध्न सक्छ तपाईलाई
ईतिहास पल्टाएर भनिदिनू-
राजाको खुट्टामा ढाकाटोपी धितो राखेर
प्रधानमन्त्रीको चाबी हात पार्ने सुत्र हुँ
सडकले सोध्न सक्छ तपाईलाई
भूगोल उघारेर भनिदिनू-
“हामी यहाँ छौं” हाइपोथेसिस मेरै हो
भोकाहरूले सोध्न सक्छन् तपाईलाई
बटुको थापेर भनिदिनू-
‘भण्डारीको अपुताली’ खाएको जुको हुँ
धर्मालम्वीले प्रश्न गर्न सक्छन् तपाईलाई
बाईबलको पाना पल्टाएर भनिदिनू-
जनै नलगाउने “जनै खटिरा” को रोगी हुँ
कसैले सोध्न सक्छ तपाईलाई
मेरो “उचाई कति हो ?”
नापेर भनिदिनू-
भौतिक उचाई -ढाई फुट
सामाजिक उचाई- ढाई ईन्च
भेषभुषा र लुगाकपडाले प्रश्न गर्लान्
तिनीहरूलाई एकै स्वरमा भनिदिनू-
म एउटा कट्टु हुँ
मैले अब छोप्न सक्ने भनेको देउवाको अण्डकोष मात्रै हो
प्रश्नले प्रश्न सोध्न सक्छ तपाईलाई
म को हुँ ?
उत्तर भनिदिनू –
म “माने” हुँ अर्थात माधव नेपाल हुँ !
भेष राज बुढाथोकी
बाजुरा