हेर्ने खबर/मकवानपुर परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाले ८,५६७ औँ विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तरगत मकवानपुरको बागमती गाउँपालिका झुरझरे क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ। बागमती गाउँपालिका प्रमुख सर्केश घलानको प्रमुख अतिथ्यतामा कार्यक्रम सुसम्पन्न भएको हो। कार्यक्रममा बागमती गाउँपालिका-४ का वडाध्यक्ष दन्तलाल माझी, वडा प्रहरी कार्यालय बागमतीका प्रमुख असई छविलाल यादव, वडा ट्राफिक कार्यालय प्रमुख असई केदार पौडेल लगायत सम्पुर्ण शैक्षिक,सामाजिक, प्रशासनिक, राजनितिक क्षेत्रका व्यक्तिहरुको बक्लो सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष घलानले आशा जगाउने अभियान गरि दिनु भइ हाम्रो गाउँपालिकालाई सफा र स्वच्छ वातावरण राख्न पहिलो पटक यस्तो अभियानप्रति आयोजक संस्थालाई धन्यवाद साथै आभार प्रकट गर्नु भएको थियो। सरसफाई कार्यक्रममा करिब दुईसय जनाको सहभागिता रहेको थियो।
परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भन्दा बढी भएको एक विश्वव्यापी मण्डली रहेको साथै छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिडका कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २८ हजार पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आएको मण्डलीका एक अधिकारिले जानकारी दिए, मुख्य त परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वरलाइ विश्वास गरि ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरिरहेको पनि बताए।
यि यस्तै सामाजिक कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति ओबामा, ट्रम र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू), गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, पेरूभेली राष्टिय सभा पदक , ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ४७ सय वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको साथै नेपालमा पनि बिभिन्न क्षेत्रका संघ, संस्था र व्यक्तित्वहरूबाट पनि प्रशंसा पत्र र कदर पत्रहरू प्राप्त गरेको परमेश्वरको मण्डलीका अर्का एक सदस्यले भने, यि यस्ता सामाजिक सेवा कार्यका गतिविधी हाम्रो मण्डलीको परिचयातमक भिडियोमा हेर्न सकिन्छ।
जलवायु सङ्कटले प्रकृति र मानवताको सह अस्तित्वलाइ नै जोखिममा पारिरहेको यस्तो सङ्कटकालीन घडीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आफ्नो मण्डली रहेको विश्वका विभिन्न देश, क्षेत्र र ठाँउहरूमा व्यापक रूपमा कार्वन न्यूनीकरण गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
वातावरणलाइ हानिकारक पदार्थहरूबाट जोगाउन सबै किसिमका फोहोरहरू जम्मा गर्ने, वातावरण संरक्षणका लागि कार्वन न्यूनीकरण गतिविधिहरूमा सहभागी हुन मानिसहरूलाइ प्रोत्साहन दिने र त्यसबारे जनचेतना जागाउने आशाको च्यालेन्ज अभियानमार्फत यो पृथ्वीमा सफा वातावरण स्वच्छ जीवन जीउन सहयोग पुर्याउने छ भन्ने आशाका साथ सरसफाइमा सक्रिय सहभागिता जनाएका छन। सुन्दर मन हाम्रो समाजमा व्यापक रूपमा फैलिएर एक स्वस्थ समाजको जग बसाल्न मद्दत पुग्ने छ साथै संसारको नुन र ज्योति बन भन्नु हुने परमेश्वरको शिक्षाअनुसार सम्पुर्ण मानव जातिलाइ एउटै परिवारको रूपमा अँगाल्नु हुने पिता परमेश्वर र माता परमेश्वरको प्रेम विश्वका ८ अरब मानिसहरू माझ प्रवाह गर्दै विश्व व्यापी गाउँमा आशाको पाइला अगाडि बढ्ने छ भन्ने आशाका साथ वातावरण सरसफाइ कार्यक्रम गरिएको आयोजकले जनाएको छ।