हेर्ने खबर/दाङ परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित ८,४९७ औं विश्वव्यापी बातावरण सरसफाइ कार्यक्रम दाङको तुल्सिपुर स्थित बसपार्कमा बृहत् रुपले सम्पन्न गरेको हो।

सरसफाइ कार्यक्रममा तुलसीपुर उप-महानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी विषेस अतिथिमा तुलसीपुर उप-महानगरपालिका कार्यपालिका न्यायिक समिती सदस्य लालमती भण्डारी, अतिथीमा ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक बिनोद राज खत्री, ईलाका प्रहरी कार्यालय प्रहरी नायव निरिक्षक नविन रिजाल, अतिथीमा सरोज राइ लगायत बिभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरी प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो भने उक्त सरसफाइ कार्यक्रमको सम्योजक राजकुमार थापा मगरले गर्नु भएको हो।

परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित सरसफाइ कार्यक्रममा तुल्सिपुर मण्डली र दाङको घोराही मण्डलीबाट गरी १२० जनाको सहभागीमा फोहोरले कुरुप बनेको तुल्सिपुर बसपार्क सुन्दर रुपमा परिवर्तन भएको थियो।

प्रमुख अतिथी केसीले परमेश्वरको मण्डलीले तुल्सिपुरमा आयोजना गरेको सरसफाइ कार्यक्रमप्रती धन्यवाद दिदै प्रसंसा गर्नु भएको थियो भने आउँदा दिनहरुमा यि र यस्ता कार्यक्रममा पालिकाले सहयोग गर्ने बताउनु भयो।

परमेश्वरको मण्डलीले सक्रिय रूपले गरेका सामाजिक कार्यहरु।
जुलाई महिनामा काठमाडौंको नागर्जुनस्थित छगडोल सामुदायिक वनमा ५०० वटा वृक्षरोपण, कोशी प्रदेश दमकको रतुवा खोला क्षेत्रमा ५५० वटा वृक्षरोपण गरी ‘आशाको वन’ क्याम्पेन सम्पन्न, जून महिनामा काठमाडौंको बूढानीलकण्ठको भङ्गाल धोबी खोला क्षेत्र र भक्तपुरको सूर्यविनायक पिकनिक स्पट क्षेत्र, गण्डकी प्रदेशको नवलपुर बर्दा घाटमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ क्याम्पेन गरेको थियो।

अगस्ट महिनामा कर्णाली प्रदेशको विरेन्द्रनगरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरिएको थियो भने यो वर्ष मात्र पनि देशभरि २० पटकसम्म बृहत रक्तदान कार्यक्रम गरिएको थियो, जसले गर्दा रक्त आपूर्तिमा स्थिरता ल्याउन र जीवनको महत्व बुझाउन मद्दत मिलेको थियो। यसबाहेक मण्डलीले माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूलाई शिक्षा प्रयोजन कम्प्युटरहरू सहयोग गर्नुका साथै वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण गरेर छिमेक र समाजमा आशा बाँडेको छ। सन् २०१५ मा शक्तिशाली महाभूकम्प जाँदा ७१० वटा क्षेत्रहरूमा उद्धार तथा मर्मत सम्भार कार्य गरिनुका साथै हिमालको उच्च पहाडी भेगका गाउँहरूमा भएका १,००० घरपरिवारहरूको सहयोगार्थ १४ पटकसम्म हेलिकप्टरद्वारा खाद्यान्न ढुवानी गरिएको थियो। शिक्षा मन्त्रालयसँग मण्डलीले MOU हस्ताक्षर गरेर सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय, अनि काभ्रेको श्री भवानी आधारभूत विद्यालय पुर्ननिर्माण कार्य पनि गरिएको थियो।
‘प्लास्टिक फुटप्रिन्ट’ भनेको के हो?
‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गरेर बिसर्जन गर्ने प्लास्टिकको मात्रा हो। योचाहिँ समुद्र र नदी-नालामा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन र वर्र्गीकरण गरेर प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै कार्बन डाइअक्साइडको उत्सर्जनलाई घटाउने, र वातावरण संरक्षणप्रति जनचेतना र सहभागिता बढाउने गतिविधि हो।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले समाजसेवा बाट पाएका पदक तथा अवार्ड केके र कती पटकसम्म प्राप्त गर्‍यो?
बागमती प्रदेश सभासद, बागमती प्रदेश समाज विकास मन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट मण्डलीले प्रशंसा-पत्र र कद-पत्र इत्यादि प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा भने, दक्षिण कोरियाका ३ जना सरकारबाट क्रमशः राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुभेली राष्ट्रिय सभा पदक, ब्राजिल विधायिकी पदक लगायत प्रत्येक देशका सरकार र संघ-संस्थाबाट ४,७०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ। परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा ७,८०० भन्दा बढी स्थानीय क्षेत्रहरूमा स्थापित एक विश्वव्यापी मण्डली हो, जसमा आबद्ध ३७ लाखभन्दा बढी सन्तहरूले आ-आफ्नो क्षेत्रबाट परमेश्वरको प्रेम बाँडिरहेका छन्। वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग लगायतका हरेक क्षेत्रहरूमा २८,००० पटकभन्दा बढी स्वयंसेवा गरिदै आएको छ।