हेर्ने खबर/मलेसिया नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले आफ्नो माघ्या सकराटी बिशेष तथा साङ्गेतिक कार्यक्रम-2025 जनवरी 29 तारिख बुधबारका दिन पेनाङ राज्य स्थित सनसाइन मार्केटको सभाहलमा भब्य रुपले सम्पन्न गरेको छ।

संघका अध्यक्ष श्री बिरस पुनमगरको अध्यक्षता, नेपाल मगर संघ,मलेसिया केन्द्रिय समितीका वरिष्ठ उपाध्यक्ष श्री सन्जय मगरको प्रमुख अतिथि, जन उद्धार केन्द्र मलेसियाका केन्द्रीय अध्यक्ष श्री केशु थापाको विशिष्ट अतिथि साथै मलेसियामा संचालित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित सुल्पा ग्रुपका चर्चित गायिका सुश्री रुचा पुनमगर र गायक श्री सिद्धार्थ आलेमगर को बिशेष प्रस्तुति रहेको थियो भने साथमा लोक पप गायक बाबुराम थापामगर,नृत्यकार कमल सोमै मगर, नृत्यकार एरिका मगर, तमु सेवा समाज मलेसियाका कलाकार काशी गुरुङ,मिना बुढाथोकी मगर,प्रतीक्षा बारघरे मगर,बिनोद रानामगर लगायतका स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए।

रोल्पाली सेवा समाज,मलेसियाका अध्यक्ष श्री तिपेन्द्र बुढामगर’माननीय’ को शुभकामना मन्तब्य साथै कार्यक्रम संयोजक श्री वकिल थापामगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण श्री नबराज पुनमगरले गर्नुभएको थियो।