हेर्ने खबर/बाके अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसन,नेपालगन्ज शाखाद्वारा आयोजना गरिएको ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ बृहत रुपले सम्पन्न भएको छ।
जीवन बचाउने उद्देश्यले आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम, लुम्बिनी प्रदेशको नेपालगन्ज उप.म.न.पा वडा नं. १० स्थित नेपाल रेडक्रस सोसाइटिको भवनमा सम्पन्न भएको हो। राम कुमार नेपालीको सभा-अध्यक्षतामा रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका,आन्तरिक मामिला,कानुन,उधोग तथा यातायात मान्त्री माननिय भण्डरीलाल यादबको प्रमुख अतिथ्यता रहेको थियो। रक्तदान कार्यक्रममा वी लभ यू फाउन्डेसनका सदस्य साथै स्थानीय वासी गरि करिब १२० जनाको सहभागीता थियो।

अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आयोजना गरिएको कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु हो। एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउन सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले बृहतरुपले वी लभ यू फाउन्डेसनले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको एक सदस्यले बताए।

वीलभयूका एक प्रतिनिधिले भने, “रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं । धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं ।”

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहेको कार्यक्रममा कुल ६० जनाले रक्तदान गरेका थिए, भने जम्मा २७००० मिलि लिटर रगत दान गरे गरेका हुन्। रक्तदानको सम्पूर्ण प्रक्रियामा नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज शाखाले सहयोग गर्दै कार्यक्रमलाई साथ दिएको हो।

ठुलो संख्यामा रक्तदान भएको देख्दा प्रमुख अतिथि भण्डरीलाल यादबले उक्त कार्यक्रममा सरिक हुन् पाउदको खुशी साथै लुम्बिनी प्रदेश सरकार साथै व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो। आगामी दिनमा संस्थाले यी यस्तै परोपकारी कार्य निरन्तर शहर साथै गाउ गाउमा गर्नुहुन अनुरोध गर्दै सहभागीहरूलाई प्रोत्साहन दिनु भएको थियो।

वीलभयूले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ। कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन्।

अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले यसै महिना रक्तदान कहा-कहा गर्यो? र गर्ने योजना।
अगस्ट १९ तारिख टीकापुरमा, त्यसैगरि २३ तारिख काठमाडौंमा सम्पन्न भएको छ भने यसै महिना अर्थात अगस्ट २६ तारिखका दिन पोखराको लेखनाथमा आयोजना गर्ने योजना एक प्रतिनिधिले जानकारी गराए।

वी लभ यू फाउन्डेसनले नेपाल भर गरेका बिभिन्न कल्याणकारी गतिविधिहरू के-के छन्?
वीलभयूले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ। गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ। त्यसै गरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वीलभयूले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुऱ्याउँदै आएको छ। सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड–१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो।

वी लभ यू फाउन्डेसनले विश्वभर गरेको विभिन्न कल्याणकारी कार्य र पुरस्कृतहरु के-के छन्?
संयुक्त राष्ट्रसंघको DGC(सार्वजनिक सूचना विभाग) सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वीलभयूले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।