हेर्ने खबर/मलेसिया मकालु फुटबल क्लबद्वारा आयोजना गरिएको “प्रथम मकालु गोल्ड कप-२०२५ केम्पास अवाना स्पोर्ट्स हब, जोहोर बारु मलेसियामा यहि डिसेम्बर २५ (कृसमस डे) का दिन आयोजना गरेको छ।
मलेसियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लबहरूलाई आफ्नो टिम दर्ता गरि राष्ट्रिय खेल भावना जगाउने उद्देश्यले यस प्रतियोगितामा सहभागी हुन आयोजक समितिले खेल प्रेमी खेलाडी,संघसंस्था साथै क्लबहरुलाई निमन्त्रणा गरेको छ।

यस ऐतिहासिक गोल्ड कप प्रतियोगिता जोहोरबारु स्थित (केम्पास अवाना स्पोर्ट्स हब) मा सम्पन्न हुने आयोजक टिमले जानकारी दिएको छ भने प्रतियोगितामा सहभागिता जनाउने इच्छुक संघसस्था वा क्लबहरूले तोकिएको समयभित्र टिम दर्ता गराउनुपर्ने कुरा सम्म आयोजक टिमले जनाएको छ।

आयोजना गरिएको गोल्ड कपले मलेसियामा रहेका नेपाली फुटबल प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई खेल संस्कृतिको विकास र आपसी एकतालाई अझ सुदृढ गर्ने लक्ष्यले “प्रथम मकालु गोल्ड कप-२०२५” आयोजना गरिएको टिमले बताएको छ।

आयोजक टिमले बिजेताहरुलाई निम्न अनुसार पुरस्कारहरु पनि राखेको छ।

च्याम्पियन टिम RM 8000 ट्रफी + मेडल

रनर–अप टिम RM 4000 ट्रफी + मेडल

उत्कृष्ट खेलाडी तर्फ विधागत पुरस्कार हरु

उत्कृष्ट खेलाडी (Best Player) – RM100 + ट्रफी

उत्कृष्ट डिफेन्डर (Best Defender) – RM100 + ट्रफी

उत्कृष्ट गोलरक्षक (Best Keeper) – RM100 + ट्रफी

(High Scorer Award) – सर्वाधिक गोल गर्ने खेलाडीलाई RM100 + ट्रफी सहित सम्मान पत्र

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ – विशेष सम्मानपत्र र ट्रफी

मिति: २५ डिसेम्बर २०२५

समय: बिहान ८:०० बजे देखि

स्थान: केम्पास अवाना स्पोर्ट्स हब, जोहोर बारु मलेसिया

दर्ता शुल्क: RM 1201/-

📞 टिम दर्ताका लागि सम्पर्क

अभय: +60131228144

भिम: +601139231183

विशाल: +60146409025