हेटौंडाको बस्तीपुर क्षेत्रमा वन पुनर्स्थापनाका लागि करिब २५० जना सहभागीतामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा असार २५ गत्ते विहिबार हेटौंडा बस्तीपुर क्षेत्रको बासुदेब भन्ने ठाउँमा रहेको स्थानमा ‘आशाको वन’ अभियान सञ्चालन गर्दै दुइ हजार पाच सय भन्दा बढी बिरुवाहरु रोपेको हो। यो अभियान परमेश्वरको मण्डलीले विश्वभर सञ्चालन गरिरहेको वन परिस्थितिक प्रणाली संरक्षण कार्यक्रम हो। यसको उद्देश्य जैविक विविधताको प्रवर्द्धन गर्नु, वनको प्राकृतिक विपद् न्यूनीकरण गर्ने क्षमता सुदृढ बनाउनु तथा पृथ्वीको वातावरणीय प्रणालीको पुनःस्थापना क्षमता बढाउनु हो। अभियानअन्तर्गत वृक्षारोपण, वन सरसफाइ तथा आक्रमणकारी विदेशी वनस्पतिहरू हटाउनेजस्ता गतिविधिहरू सञ्चालन गरिन्छ।

मण्डलीका एक अधिकारीका अनुसार “परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वी सम्पूर्ण मानवजातिले संरक्षण र संवर्द्धन गर्नुपर्ने साझा जीवनस्थल हो। स्थानीय बासिन्दाहरूको विश्रामस्थललाई सफा र हरियाली बनाउने कार्यमा मण्डलीका सदस्यहरूले हर्षका साथ सहभागिता जनाएका छन्। यस अभियानमा सहभागी स्वयंसेवकहरू मात्र नभएर यसलाई अवलोकन गर्ने छिमेकीहरूमा पनि वातावरण संरक्षणप्रतिको चेतना अझ बढ्ने अपेक्षा गरेका छौं”।

बागमती प्रदेशका हेटौडा, बस्तिपुर, सिन्धुली तथा मधेश प्रदेशका सिमरा, बिरगंज, चन्द्रपुर, हरिवन, बर्दिवास विभिन्न स्थानबाट आएका करिब २५० जना स्वयंसेवकहरूले बस्तीपुरस्थित बाल उद्यान हुँदै जाने बासुदेब भन्ने ठाउको वन क्षेत्रमा करिब ५ हेक्टर क्षेत्रमा बिरुवाहरू रोपिएको थियो भने, उक्त स्थान गाउँ र वन क्षेत्रसँग जोडिएको भए पनि वन क्षेत्रका रूपमा तोकिएको जमिनमा पर्याप्त रुखहरू थिएनन् । बिरुवाहरू राम्रोसँग हुर्कन सकून् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको छ।

परमेश्वरको मण्डलीको गतिविधिप्रति स्थानीय समुदायको पनि सकारात्मक सहयोग रहेको थियो, जनहित सामुदायिक वन उपभोक्ता समूह(Community Forest User Group) ले अभियानको उद्देश्यप्रति सहमति जनाउँदै बिभिन्न प्रकारको दुइ हजार पाच सय भन्दा बढी बिरुवा उपलब्ध गराउनुका साथै आगामी दिनहरूमा पनि वन विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको थियो भने उक्त कार्यक्रममा हेटौडा उपमहानगर पालिका-१९ वडा अध्यक्ष नरनाथ सुवेदीले उपस्थिति जनाउँदै “जसरि मानिसले आफ्नो बुबा-आमालाई हेरविचार गर्छ हामीले पनि पृथ्वी लाई हेरविचार गर्दै बचाउनु हामि सबैको कर्तव्य हो जसरि परमेश्वरको मण्डलीले बिगतमा गर्दै आएको छ भन्दै प्रसंशा गर्दै धन्यवाद सहित आभार व्यक्त गरेका थिए।

परमेश्वरको मण्डलीद्वारा गरिएका सामाजिक सेवा र सामाजिक कार्यद्वारा विभिन्न देशबाट पुरस्कृत।
परमेश्वरको मण्डलीका सन्तहरूले विश्वका विभिन्न देशहरूमा निरन्तर र समर्पित वातावरण संरक्षण अभियान सञ्चालन गर्दै आएको साथै नेपालमा हेटौँडा, काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडक सरसफाइ अभियान नियमित रूपमा सञ्चालन गरिएको छ। साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ यस वर्ष मात्रै १० पटक सम्पन्न गरिएको छ। नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । मार्च महिनासम्म नेपालमा मात्रै ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न प्रकारका स्वयंसेवा कार्यक्रम सञ्चालन गरेका छन्।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । करिब ४० लाख पञ्जीकृत सदस्यहरू रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ४८,००० पटक सञ्चालन गरिसकेको छ ।

यस योगदानको सम्मानस्वरूप परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,८०० भन्दा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएका छन् ।