हेर्ने खबर/काठमाण्डौ परमेश्वरको मण्डलीद्वारा ऐतिहासिक स्थल त्रिभुवन पार्कमा बृहत सरसफाई कार्यक्रम सम्पन्न।
आज बुधबार बिहान थानकोट र सतुङ्गल परमेश्वरको मण्डलीद्वारा थानकोटमा अवस्थित ऐतिहासिक स्थल त्रिभुवन पार्कमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। परमेश्वरको मण्डलीले आयोजना गरेको उक्त सरसफाई कार्यक्रम चन्द्रगिरी नगरपालिका नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता थियो भने परमेश्वरको मण्डलीबाट करिब १२० जनाको सहभागी रहेको थियो।
परमेश्वरको मण्डलीले आयोजना गरेको सरसफाई अभियानमा आफुलाई आमन्त्रण गरेकोप्रति आभार व्यक्त गर्नुहुँदै “त्रिभुवन पार्क आफैमा महत्व बोकेको ऐतिहासिक स्थल हो। सबैमा परिचित र चर्चित रहेको पार्कमा सरसफाईको अभियान आफैमा एकदमै महत्वपूर्ण छ।” जुन अत्यन्तै असल उदाहरणिय कार्य हो यसरी गरिएको अभियानले सिंगो नगरपालिकालाई फोहोर मैला व्यवस्थापनमा ठूलो सहयोग मिल्ने भन्दै उक्त सरसफाई कार्यप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा यी र यस्ता कार्यमा नगरपालिका सधै हातेमालो गर्न तयार छ भन्दै प्रतिवद्वता व्यक्त गर्दै प्रसंसा गर्नु भएको थियो।
काठमाडौँ उपत्यकाभित्रको फोहोर अबको पाँच वर्षमा कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौतीपुर्ण रहेको र यसको निम्ति फोहोरको वर्गीकरण गर्नु महत्त्वपूर्ण रहेको समेत बताउनुभयो। काठमाडौँ उपत्यकामा रहने पढेलेखेको सुकिलो मुकिलो, मिठो मसिनो खाने भने तापनि आफ्नो फोहोरको पोका जहाँसुकै अरुकोमा लगेर फ्याकिदिने गलत आचरण गलत प्रवृति छ भन्दै दुखेसोसमत गरेका नगरप्रमुखले परमेश्वरको मण्डलीले गरेको सरसफाई अभियानप्रति भने लगातार प्रसंसा गरेका थिए।
ठुलो संख्यामा सरसफाई कार्यक्रममा सहभागी भएका परमेश्वरको मण्डलीका सदस्यले करिब ३००० केजी प्लास्टिक जन्य फोहर संकलित गरेका थिए।