नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर ओकायामा नेपाली समाज जापानले २०२३ सेप्टेम्बर महिनाको १५ तारिक आयोजाना गरेको तीज बिशेष सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी ओकयामाका (SDGS/ESD) हिरोहिसा इवाता रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा (ICOI) जुन टाकेसिमा र (Okayama gaigo) हिरोको कातायामा रहनुभएको थियो ।कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो।

समाजले पहिलो पटक आयोजना गरेको कार्यक्रमा चर्चित कलाकारहरूले गीत तथा नृत्यको प्रस्तुती रहेको थियो।
कार्यक्रममा कलाकारहरु सुर्य खड्का,काजल गुरुङ, सुशीला गौतम लगाएतले बेजोड प्रस्तुती दिएका थिए भने लामो समय नेपालमा रहेर नेपाली गीत संगीतलाई योगदान पुर्‍याउनु भएकी जापानी कलाकार सुन्दरी मिखाको समेत प्रस्तुती रहेको थियो।उल्लेख्य रुपमा नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा जापानी दर्शकहरूको पनि उत्तिकै उपस्थिती रहेको थियो।

कार्यक्रममबाट संकलन गरिएको रकम खर्च कटाएर नेपालका असाहाय बालबिलेकाको शिक्षामा सहयोग गरिने बताइएको छ । ओकायामा नेपाली समाजको स्थापना बिक्रम सम्वत् २०७३ पौष १७ गते अर्थात् सन् २०१६ जनावरी १ तारिकका दिन ओकायामामा बसोबास गर्नु भयका नेपाली दाजुभाई दीदीबहिनीहरु बाट स्थापना भएको हो ।

ओकायामा सहित जापान र नेपालमा भैपरी आऊने समस्या बाढी पहीरो भूकम्प बालबालिका असाहाय दिनदुखी असाहाय बृद्धब्रिद्वहरु लगाएत समस्याहरुमा पर्नु भएका नेपालीहरुको लागी सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्यले जानकारी दिनु भयो।हाल सम्म यस सस्थाले धेरै सहयोग गरिसकेको अध्यक्ष आचार्यको भनाइ छ।