नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा देश बिदेशमा कलाकारहरु आफ्नो प्रस्तुति दिन जानेहरुको घुइचो नै छ। अहिले नेपालमा कलाकारहरुको खोजि गर्ने हो भने केहि सिमित कलाकार मात्रै नेपालमा भेटिन्छन त्यो पनि मेला महोत्सवमै व्यस्त छन्। यस्तो अवस्था हुनु कलाकारितामा दर्शकको चासो र माया अत्यधिक भएको अनुभूति गर्न सकिन्छ। यही बिचमा यतिबेला दुवैमा पनि कलाकारहरुको घुइचो देखिन्छ।

दोहोरी क्षेत्रको होनहार गायक पुस्कल शर्मा र अर्की होनहार गायिका शान्ति श्री परियार संगै गायिका सुमित्रा तामाङ्ग पनि दुवै जाने भएकी छिन। सन् नेपाल लाइफ इन्सुरेन्सको प्रस्तुतिमा हुन् लागेको तिजको लहर एण्ड दुवै सहर नामक कार्यक्रम यही सेप्टेम्बर २४ मा दुवैमा हुने भएको छ।

दुवैमा बस्दै आएका हास्य क्षेत्रमा सबैको मन जितेका कलाकारहरु कृष्ण भट्टराइ “भट्टराइ किस्ने”.गायक श्याम क्षेत्री गायक हरि मोक्तान र मनोज गिरिले पनि उक्त कार्यक्रममा दमदार प्रस्तुति दिने भएका छन। कलाकारहरुको बेजोड प्रस्तुतिमा हुन लागेको कार्यक्रममा कम्तिमा पाच सय भन्दा बढी नेपालीहरुको सहभागी हुने अनुमान कार्यक्रमका संयोजक कृष्ण भट्टराइले हेर्ने खबरलाई जानकारी दिए।

बिदेशमा रहेका नेपालीहरुले आफ्नो दुख भुलाउन एउटा चौतारी भनेकै कलाकारहरु संग बसेर बेला बेलामा रमाउने हो। घर देशको तिर्सना मेटाउन र परदेशी नेपालीहरुलाई हरेक बर्ष मनोरंजन दिने हेतुले उक्त कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक कृष्ण भट्टराइले जानकारी दिए।

कृष्ण भट्टराईका अनुसार कार्यक्रम दुवैको समय अनुसार दिउँसो १ बजे एक एन यति एभरेष्ट क्लबमा हुने जानकारी दिएका छन युएइको भने आबुधाबीबाट आउने नेपाली सबैलाई निशुल्क बसको ब्यबस्था समेत गरिएको आयोजकले जानकारी दिए।