नव महिला चिन्तन तथा अन्वेषण समन्वय केन्द्र काठमान्डौले हिजो भाद्र-७ गते बिहीबारको दिन समुउद्घाटन तथा शुभकामना कार्यक्रम भयताको साथ सुसम्पन्न गरेको छ।
नव महिला चिन्तन तथा अन्वेषण समन्वय केन्द्र काठमान्डौको उद्घाटन कार्यक्रम विसिष्ट अतिथि श्याम बस्नेतले रिवन काटेर उद्घाटन गर्नु भएको थियो।
नव महिला चिन्तन तथा अन्वेषण समन्वय केन्द्र काठमान्डौ संस्थाका अध्यक्ष सुमित्रा गौलिको अध्यक्षतामा रहेको उद्घाटन तथा शुभकामना कार्यक्रममा पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र नागार्जुन नगरपालिका उपमेयर सुसिला अधिकारिको प्रमुख अतिथ्यता थियो भने विसिष्ट अतिथिमा निबर्तमान बागमती प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत र रास्वपा लमजुङका संयोजक धर्म केसीको उपस्थिती रहेको थियो।
नव महिला चिन्तन तथा अन्वेषण समन्वय केन्द्र काठमान्डौले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथीद्वय पुर्व मन्त्री उमा रेग्मी र नागार्जुन नगरपालिका उपमेयर सुसिला अधिकारिले संस्थालाई सल्लाह सुझावको साथै संस्थासँग हातेमालो गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो।
त्यसैगरि कार्यक्रममा विसिष्ट अतिथि श्याम बस्नेतले हुर्किदै गरेको संस्थालाई सम्बन्धित ठाउँसम्म डोर्याउदै सहयोग गर्ने भन्दै आफ्नो प्रतिबद्दता जाहेर गर्नु भएको थियो भने विसिष्ट अतिथि धर्म केसीले पनि आफु बातावरण इन्जिनियरको नाताले संस्थालाई खाचो परे सधैं तत्पर रहने कुरा व्यक्त गर्नु भएको हो।