मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आईतबार साँझ आएको आकस्मिक बाढीले १० घरसहित एक निर्माणधिन पक्की पुल बगाएको छ । मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।
अविरल वर्षासंगै ठाँडो खोला थुनिएर आएको बाढीले अहिले कागबेनी गाउँको तल्लो बस्ती पुरै डुबानमा परेको छ ।ठाँडो खोलाको बाढी आएपछि स्थानीय त्रसिद भएका छन् । स्थानीयलाई बाढीको संम्भावित जोखिमबाट बचाउन सुरक्षित गन्तब्यमा स्थान्तरण गरिएको प्रजिअ केसीले बताए । ‘कागबेनी गाउँ माथिबाट साँझ ७ बजेबाट अचानक बाढी आयो,स्थानीय हताहत भएका छन्, ’प्रजिअ केसीले भने तल्लो बस्तीका सबैलाई सुरक्षित स्थानमा पू¥याउने काम भएको छ ।’ बाढीले कागबेनी,धर्मशाला ,श्राद्धस्थल,अस्थायी काठेपुल बगाएको छ ।
प्रजिअ केसीले कागबेनी माथिका पूर्व र पश्चिमका दुई वटा शाखा नदी थुनिएको अहिले थुजिएको स्थानमा पानी बग्न सुरु गरेको जानकारी दिए । ‘हामीले माईकिङ गरेर कागबेनी तलका सबै बस्तीहरुलाई सतर्क रहन अनुरोध गरेका छौं, खोलाको सतह पनि केही घट्ने क्रममा छ ।’ प्रजिअ केसीले बाढीको जोखिम र उद्दारका लागि सुरक्षाकर्मी पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताए ।
मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ र तिरी गाउँमा बाढीको जोखिममा परेको हो ।
अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ ।साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरोे खसेपछि खोला थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाई छ ।
यसैगरी मुक्तिनाथबाट बहने वारागुङ—२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बाहव उच्च हुँदा कागबेनी गाउँमा बाढी पसेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको उनले बताए ।राती अबेर मात्र बाढी आएकाले क्षति विवरण एकिन गर्न सकिएको छैन ।
मुस्ताङ कागबेनीमा खोला थनिएर बस्ती डुबानमा परेपछि कागबेनी तलका एक दर्जन बस्तीका स्थानीय त्रसिद छन् । साँझपख मात्र बाढी आएकाले विस्तृत क्षति विवरण आउन बाँकी रहेको प्रशासनले बताएको छ ।