काठमाडौँ — पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका छन्।
बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन्। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

शाह लामो समयसम्म नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरेका व्यक्ति हुन्।
साथै उनी बीचमा केही समय मेगा बैंकमा समेत आबद्ध भए। उनी मेगा बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका उनले इसिमोडमा समेत वित्तीय विश्लेषकका रूपमा काम गरेका थिए।

शाहले आफ्नो भिजनसँग मिल्ने पाटी भेटेपछी असल नेत्रित्व चुनेको भन्दै अन्तर्वातामा बोलेका छन। शाहसँग गरेको कुराकानी हेर्नुस्