हेर्ने खबर/काठमान्डौ रुकुम टकसेरा आमा समुह काठमान्डौले मृगौला पिडित धन कुमार बुढा मगरलाई दुई लाख छब्बिस हजार दुई सय रुपैया हिजो जेष्ठ २५ गत्ते हस्ताण्तरण गरेका छन।
हेर्ने खबरले मृगौला पिडित बुढा मगरको समचार बाहिर ल्याएपछी रुकुम टकसेरा आमा समुहले बुढा मगरको जीवन रक्षाका लागि जेष्ठ १९ गत्तेदेखी २२ गत्तेसम्म तीन दिने घर दैलो अभियान संचालन गरेर उक्त रकम जम्मा गरेको रुकुम टकसेरा आमा समुहकी अध्यक्ष दिलपुरा बुढा मगरले जानकारी दिएकी हुन।
अभियानमा सहभागि टकसेरा आमा समुहको टिमले सहयोग हस्तान्तरण गर्दा सबैको आँखाबाट आसु झरेको थियो। घरमा कम्जोर अवस्थामा दिन चर्या बिताइ रहेको बेला यस्तो जटिल बिरामी हुँदा उपचार खर्छ कस्ले र कसरी जुटाउने हामी सबै अन्योलमा परेकाछौ। घरमा बुढामगरलाई सपोर्ट गर्ने बुवाले सानै छदा अर्कै बिहे गरेर संपर्क बिहिन हुँदा पिडितलाइ हेर्ने कोही नहुँदा सकेको सबैले सहयोग गरिदिन अपिल पनि गरेका छन।
मृगौला पिडित धन कुमार बुढा मगरलाई सहयोग गर्न चाहनेले पिडितको बैंक एकाउन्टमा सिधै सहयोग रकम संकलन गर्न सक्नु हुनेछ।
धन कुमार बुढा प्रभु बैंक A/C No 0660175581200014
सहयोग हस्तान्तरण गरेका रुकुम टकसेरा आमा समुहसँग गरेको कुराकानी हेर्नुस्।